सहकारीको बचत ९३ करोड ५० लाख

Posted on: 06 Apr, 2017

चैत २४, कञ्चनपुर । जिल्लामा रहेका ३९८ सहकारी संस्थामा आबद्ध एक लाख ७७ हजार सदस्यले रु ९३ करोड ५० लाख ७३ हजार रकम बचत गरेका छन् । 

डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत रामबहादुर खातीका अनुसार बचत तथा ऋण सहकारी संस्थामा आबद्ध २६ हजार ३९१ सदस्यले रु २९ करोड ४१ लाख रकम बचत गरेका छन् । 

कृषि सहकारी संस्थामा आबद्ध २८ हजार ४० सदस्यले रु २१ करोड २५ लाख १९ हजार, बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध ३५ हजार ३८० सदस्यले रु ३७ करोड ३३ लाख ७१ हजार, विद्युत् सहकारी संस्थामा आबद्ध चार हजार ३५४ सदस्यले रु तीन लाख ११ हजार रकम बचत गरेका छन् । 

यसैगरी, उपभोक्ता सहकारीमा आबद्ध दुई हजार ६४८ सदस्यले रु तीन करोड ३१ लाख छ हजार, पशुपालन सहकारी संस्थामा आबद्ध ६५६ सदस्यले रु ३९ लाख ८३ हजार र अन्य प्रकृतिका सहकारी संस्थामा आबद्ध दुई हजार ७१६ सदस्यले रु एक करोड ७६ लाख ७९ हजार रकम बचत गरेको खातीले बताउनुभयो । 

सहकारीमा रकम बचत गर्नेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको छ । रकम बचत गर्ने महिलाको सङ्ख्या ५५ हजार २२९ र पुरुषको सङ्ख्या ४५ हजार ४४३ रहेको छ । डिभिजन सहकारी कार्यालयमा कञ्चनपुरमा कार्य क्षेत्र भएका बचत तथा ऋण सहकारी ५६, कृषि २०४, विद्युत् ६५, बहुउद्देश्यीय ४०, सिलाइ एक, उपभोक्ता चार, पशुपालन चार, स्वास्थ्य एक, जडीबुटी एक र अन्य प्रकृतिका सहकारीको सङ्ख्या १२ रहेको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!