दैजी–बेल्डाँडी सडक खण्डमा तत्काल ग्राविल गरिने

Posted on: 04 May, 2017


विमल धामी/बैशाख २१, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबै भन्दा छोटो दुरीमा रहेको दैजी–बेल्डाँडी सडक खण्डको अवस्था दिन प्र्रतिदिन बिग्रने गर्नाले हुलाकी सडक निर्माण गर्ने ठेक्का पाएको कम्पनीले तत्काल ग्राविल गर्ने भएको छ ।

सामाजिक सञ्जाल र संचार माध्यमा उक्त सडकको वारेमा भाइरल बन्दै गाएकाले तत्काल सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले बिहिवार देखि ग्रावेल र स्काईवेटर लगाउने काम शुरु गरेको छ ।

 दक्षिणका जनतालाई सदरमुकाम आवत जावत गर्न निकै कठिनाई भएका बेला सो कम्पनीले तत्काल सडक ग्रावेल गर्न लागेको नेपाली कांग्रेसका नेता जनक धामीले जानकारी गराउनु भयो । उनले भने “दक्षिणका जनताले साच्चीकै खुकुरीको धारमा हिड्ने गरेको आपतकालीन अवस्थामा ठेकदारलाई तत्काल धुलो र खाल्डा खुल्डी पुर्न माग गरेको बताए ।” 

आरक्ष कार्यालयले सडक डिजाइन हार्डकपी मागेकाले कार्य शुरु हुन ढिला भएको र तत्काल २,३ दिनमा आरक्ष कार्यालयलाई सडकको हार्डकपी बुझाई सक्ने धामीले बताउनु भयो । केहि दिन अघी देखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले सो सडकको निर्माण गर्ने डिजाइन मागे पछि निर्माण कार्य ठप्प भएको थियो । 

स्थानीय बासीहरुमा ग्रावेलको काम भएकाले अलि आशा पलाउन थालेको छ । स्थानीय बासीहरु पटक पटक भन्ने गर्दछन् हामीले यो सडक निर्माणको लागि कहाँ धाउनु पर्छ हामी तयार छौँ । छिटो यो सडक निर्माण भए स्थानीय किसानलाई कृषि सामग्री बजार ब्यवस्थापन गर्नको लागि सजिलो र पर्यटकीय हिसाबले पनि बेल्डाँडीमा पर्यटकहरुको ओईरो लाग्ने र बेल्डाँडीमा  थुप्रै आर्य आर्जन हुने बताउनु हुन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!