सन नेपाल लाइफ इन्स्योरेन्सको महेन्द्रनगरमा शाखा विस्तार

Posted on: 11 Jan, 2018

भास्कर के.सी./पुस २७, कञ्चनपुर । सन नेपाल लाइफ इन्स्योरेन्स कं.लि.ले कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित वडा नं. १८ मा गल्ली नं. १ को फ्रि लाइनमा आफनो शाखा विस्तार गरेको छ ।

देशभरि ११ शाखा खोलिसको र  १२ औं शाखाको रुपमा विहिबार पुष २७ गते पृथ्वी जयन्ती साथै एकता दिवसको अवसर पारेर शाखा विस्तार गरेको छ । साथै कञ्चनपुरमा रहेका धेरै बीमा कम्पनीहरु मध्ये यस सन नेपाल लाइफ इन्स्योरेन्स कं.ले शाखा प्रमुखको रुपमा महिला पुष्पा चन्दलाई कार्यभार  दिएको छ ।   

२०६४ असोज २९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई बीमा  ऐन २०४९ अन्तर्गत जीवन बीमा व्यवसाय गर्ने बीमकको रुपमा कार्य गर्न बीमा समितिबाट २०७४ साउन १८ मा बीमक दर्ता प्रमाणपत्र प्राप्त गरि मिति २०७४÷०६÷०६मा सामाजिक सेवा दिवसको अवसर पारेर जीवन बीमा व्यवसाय कारोबार शुरु गरेको थियो । छोटो समयमै देश भर आफनो शाखा विस्तार गरी सेवाग्रहीलाई सेवा दिदै आएको छ । 

बालबच्चालाई उच्च शिक्षाको अवसर दिन, बुढेसकालमा सुखपूर्वक जीवन बिताउन, आश्रितहरुको आर्थिक स्थिती जोगाउन र अनिवार्य वचन गर्न सहयोग पु¥याउने उद्देश्यले लिएको जिवन बीमाले हाल ५ प्रकारका बीमा योजना प्रचलनमा ल्याएको छ  सन लाइफ सावधिक जीवन बीमा, नवीन आजीवन जीवन बीमा, १५ वर्षे सार्थक आजीवन जीवन बीमा, भाग्योदय जीबन बीमा र बाल समृद्ध जीवन बीमा जस्ता कार्यक्रमलाई सेवा दिदै आएको धनगढी शाखा प्रबन्धक लक्ष्मी कान्त जोशीले बताउनु भयो ।

विहिबार भएको शाखाकार्यालय उद्घाटन कार्यक्रममा योगेन्द्र बिक्रम अधिकारीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि धनगढी शाखा प्रबन्धक लक्ष्मी कान्त जोशी रहनु भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!