कञ्चनपुरका हुलाकी राजमार्गको काम रोकियो

Posted on: 22 Jan, 2018

माघ ८, कञ्चनपुर । ७ नम्बर प्रदेश कञ्चनपुरमा हुलाकी राजमार्गको काम रोकिएको छ । 

पुर्वझापादेखि पश्चिम कञ्चनपुर जोड्ने कञ्चनपुरको दैजीदेखि बेल्डाँडी–बेलौरी–डोकेबजार हुँदै कैलाली जोड्ने हुलाकी राजमार्गको काम रोकिएको हो । 

 हुलाकी राजमार्ग आयोजनाका सवईन्जिनियर वीर बहादुर ओलीले दैजीदेखि बेल्डाँडीसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले काम गर्न नदिएपछि सडक निर्माणको काम रोकिएको बताए । सवईन्जिनियर ओलीका अनुसार तीन महिनादेखि दैजीदेखि बेल्डाँडीसम्मको सडकखण्ड अन्र्तरगत पर्ने हुलाकी राजमार्ग निर्माणको काम रोकिएको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले काममा अवरोध पु¥याएपछि तिहारदेखि यता काम ठप्प भएको उनले बताए । शुक्लाफाँटा निकुञ्जले वातावरणीय प्रभाव मुल्याङ्गकन रिर्पोटको विषयलाई लिएर काम रोकेको बताए । दैजी स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको भवानी वक्स क्याम्पदेखि बेल्डाँडी काम हुन सकेको छैन् । 

सवईन्जिनियर ओलीले आयोजनाले काम अघि बढाउने विषयमा सम्बन्धीत निकायसंग पहल गरिरहेको बताए । तीन चरणमा हुने कालोपत्रे दुई चरणमा काम तिव्र रुवमा भएपनि दैजीदेखि बेल्डाँडीसम्मको झण्डै २० किलोमिटर सडकको काम रोकिएको हो । 

शर्माजेभी निर्माण कम्पनीका संचालक भीम बहादुर साउदले निकुञ्जले रोक्का काम रोकिएको बताउदै कम्पनीले अरु काम गरिरहेको बताए । काम अघि बढाउनका लागि निर्माण कम्पनीका तर्फबाट समेत प्रयास थालिएको बताए । अनुमती दिए लगत्तै काम शुचारु हुने उनले बताए ।  

उक्त सडकको काम रोकिएपछि स्थानीय निरास भएका छन् । बषौँदेखि सडकको मार खेपिरहेका दक्षिणी क्षेत्रका स्थानीय निर्माण कार्य शुरुभएदेखि हर्षित भएका थिए । तर एकाएक सडक निर्माणको काम रोखिएपछि चिन्तित भएका हुन् । 

दक्षिणी क्षेत्रका स्थानीय युवा नेता अक्कल विष्टले सडक निर्माणका राजनीति हुँदा समस्या भएको छ । वर्तमान सरकारले नै सडकको काम रोकेको उनको आरोप छ । यो सडक प्रदेश र प्रतिनिधी सभा साँसदले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोडदिए । ‘हामीले यो सडक सुधारका लागि आन्दोलनको विकल्प छैन्, उनले भने, ‘हामी दक्षिणी क्षेत्रका जनतामाथी तुसारापात भएको छ ।’ राज्यले घचघच्याउनुपर्नेमा उनको भनाई छ ।

बेलौरीका स्थानीय पदम थापाले हुलाकी राजमार्गको काम सरकारी निकायविचकै विवादका कारण रोकिनु दुखत भएको बताए । लामो समयदेखि कैलाली र कञ्चनपुरका सदरमुकाम जानका लागि कच्ची सडकको यात्रा गर्नु परेको बताउदै काम शुचारु गर्न आग्रह गरेका छन् ।

बेल्डाँडीका स्थानीय युवा कैलाशचन्द्र गिरीले सडकको काम रोकिनुमा सरकारको कमिकमजोरी रहेको बताए । उनले सरकारी नियका विच समन्वय अभावका कारण शुरु भएको काम विचमै आएर रोकिन पुगेको छ । काम अघि बढाउनुपर्नेमा जोडदिए । तीन तीन महिनासम्म सडकको काम रोकिएपछि राजनीतिक दल, स्थानीय सरकार, जनप्रतिनिधी चुप लागेर बसेको स्थानीयको गुनासो छ । 

 शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख गोपाल घिमिरेले जेष्ठमा उक्त हुलाकी सडक स्तरोन्नतीका लागि अनुमती दिन राष्ट्रिय निकुञ्ज विभागलाई पत्र पठाईसकेको बताए । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले विभागलाई पत्र पठाईसकेको बताउदै आयोजनाले थप आवश्यक पहल गरेर अनुमति ल्याउनुपर्ने बताए । ‘सडक निर्माणका लागि आयोजनाले आवश्यक पत्र ल्याएको भोलिपल्टैबाट हामीले काम गर्न अनुमति दिन्छौँ, नियमित्त प्रमुख घिमिरेले भने, ‘हामीले काम रोकेका होईनौँ ।’ निकुञ्ज भएर निर्माण हुने सडकको वातावरणीय प्रभाव मुल्याङ्गकन रिर्पोट ल्याएर सुधारका लागि विभागबाट अनुमतिमा हुलाकी आयोजनाले नै ढिलाई गरेको उनको भनाई छ । सडकको काम रोकिएको बारे दैजी–बेल्डाँडी सडक खण्ड सुधार संघर्ष समितिले समेत चिन्ता व्यक्त गरेको छ । 

दैजी–बेल्डाँडी सडक खण्ड सुधार संघर्ष समितिका सचिव ओम प्रकास पन्तले निर्माणको काम रोकिनु निन्दनिय भएको बताए । उनले संघर्ष समितिले सडक सुचारुका लागि हुलाकी राजमार्ग आयोजनालाई माघ दोस्रोसाता भित्रै ज्ञापन पत्र बुझाउने बताए । स्थानीयको माग अनुसार काम नगरेर आन्दोलनका कार्यक्रम अघि बढाउने उनले चेतावनी दिए । 

गत बर्षको माघ पहिलो साता कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको दैजी देखि बेल्डाँडी –बेलौरी–पुनर्वास –डोकेबजार हुँदै कैलाली सदरमुकाम धनगढी जोेड्ने ६२ किलोमिटर कच्ची सडक कालोपत्रेका लागि उद्घाटन गरिएको थियो ।  बाबाहंस र शर्माजेभी निर्माण कम्पनीले सडक कालोपत्रेका लागि ३० महिनाको अवधिमा निर्माणको जिम्मा पाएका थिए । कञ्चनपुरमा हुलाकी सडक सुधार नभएका कारण बेल्डाँडी, बेलौरी, लालझाँडी, पुर्नवास चार स्थानीय तहका नागरिक प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । 

कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गरिने छ । सडक सुधार नभएका कारण दुर्घटना,  यात्रु मारमा पर्नुका साथै समग्र कञ्चनपुरको आर्थिक, समाजिक क्षेत्रमा समेत प्रभाव परेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!