सबैको बचत तथा ऋण सहकारी संस्थाको ९औं साधारण सभा सम्पन्न

Posted on: 01 Dec, 2018

भास्कर के.सी | मङ्सिर १५, कञ्चनपुर | कञ्चनपुरको सबैको बचत तथा ऋण सहकारी संस्थाको ९ औं साधारण सभा सम्पन्न भएको छ । विगत ९ वर्ष देखि बचत तथा ऋण लगानी गर्दै स्थानिय जनताको उन्नति र प्रगतिमा हातेमालो गर्दै आएको उक्त संस्थाले सफलता पूर्वक आफ्नो ९ वर्ष पुरा गरेको  छ । 

उल्लेख्य सदस्यहरुको उपस्थितिमा सभालाई संबोधन गर्दै ‘नौ वर्ष पुरा गरी १० औं वर्षमा प्रवेश गर्दा सम्म यस संस्थाले विभिन्न आरोह र अवरोह पार गरको छ । यस संस्थाको विकासको लागि यसका शेयर सदस्य तथा बचत कर्ता, कर्मचारीले निकै महत्वपूर्ण भुमिका निवाह गर्दै आइरहेकोले संस्था आजको अवस्था सम्म आइपुगेको सहकारी संस्थाको अध्यक्ष भारती चौधरीले बताउनु भयो ।

त्यसै गरी उक्त संस्थाका लेखा समितिका संयोजक विशन देव जोशीले संस्थाले भविष्यमा नयाँ नौलो कार्यक्रम ल्याई ग्राहक वर्ग तथा सदस्यहरुको आयमा वृद्धि गर्ने कार्यहरु ल्याउने तयारी गरिरहेको बताउनु भयो । महिलाहरुको प्रगतीबाट नै समाजको प्रगति सम्भव भएकोले सहकारी माध्यमबाट महिलाहरु आत्म निर्भर हुन पर्ने तथा सानो सानो पुजी जम्मा गरी त्यस्तो पुजीलाई व्यापार व्यवसाय गर्न सके सफल भई समाजको नै उत्थान हुने कुरा  भीनपा उप प्रमुख सुशिला चन्दले बताउनु भयो । उक्त कार्यक्रममा संस्थाको आ.व.२०७४/७५को प्रगति विवरण अध्यक्ष भारती चौैधरीले र आर्थिक विवरण कोषाध्यक्ष कमला पाण्डेयले प्रस्तुत गर्नु भएको थियो । 


उक्त कार्यक्रममा सभापतित्व सहकारी संस्था की अध्यक्ष भारती चौधरीले गर्नु भएको थियो भने प्रमुख अतिथी भीनपाको उप प्रमुख शुशीला चन्दले, विशिष्ट अतिथीमा लक्ष्मण तिवारी रहनु भएको थियो । उक्तँ कार्यक्रमका संयोजक राम बहादुर कुँवर रहनु भएको थियो भने सभाको संचालन उपाध्यक्ष गाविन्द बहादुर स्वारले गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!