सुप विश्व विद्यालयको केन्द्रीय क्याम्पसमा वृक्षारोपण

Posted on: 17 Aug, 2018

भास्कर के.सी | भदौ १, कञ्चनपुर | प्रदेश नं. ७ कञ्चनपुरको महेन्द्रनगर स्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा वृक्षारापेण गरिएको छ । जिल्ला वन कार्यालय, भीमदत्त नगरपालिका वन वातावरण शाखा र सुप विश्वविद्यालय वातावरण विज्ञान समूहका विद्यार्थीहरुको स्टेप क्लबले केन्द्रीय क्याम्पसको हाताभित्र विभिन्न प्रजातिका २ सय विरुवा रोएिका छन् । 

हरियालीले सधै स्वास्थ्यको लागि काम गर्ने तथा वातावरण स्वच्छ गर्न भएको हुदाँ रुख विरुवा लगाउनु पर्ने यसरी कार्य गर्दा एक किसिमको सकारात्मक सन्देश दिनको लागि साथै आउने पिढीलाई पनि सिको हुनाले यस्तो कार्य सबैले गर्नु पर्ने केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा. भुपेन्द्र विष्टले बताए ।

भीमदत्त नगरपालिका अन्तर्गतको वन वातावरण शाखा सहितको सहभागितामा कार्यक्रम गरिएको र बजार क्षेत्रमा सरसफाई कार्यक्रम गर्दै आएको सफाईको साथ साथै हरियाली बनाउनको लागि सहायक वन रक्षक जिवछ यादवले बताए । 

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यार्थी, कर्मचारी लागायतका सहभागी भएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!