मेरो चरित्र हत्या गर्दा एक पटक पनि मलाई सोध्ने प्रयास भएन: विष्ट

Posted on: 17 Aug, 2018

भास्कर के.सी | भदौ १, कञ्चनपुर | कञ्चनपुर भीनपा–१६ का वडा अध्यक्ष सुरेन्द्र विष्टले विभिन्न पत्रपत्रिका र अनलाइनमा आएको वडा अध्यक्ष परस्त्री सँग रङ्गेहात पक्राउ भन्ने समाचार निराधार भएको बताएका छन् । 

आफुले सबै काम सकेर घर जाने बेर्लो भान्जी र उनको साथी सँगै भेटिए पछि चिसो पिउन नजिकै रहेको होटलमा गएको होटल साहुले नै तल ठाउँ छैन माथी बस्न भने पछि आफुहरु माथिल्लोे तल्लामा गएर चिसो पिउदै गरेको अवस्थामा केही नेविसंघका युवाहरुले चुनावमा हारेको रिस साध्न प्रहरीलाई पटक पटक फोन गरे बोलाए पछि प्रहरी आएर लगेको हो । तपाई लाई सुरक्षाको समस्या छ भन्दै लगेको हो ।

मलाई बदनाम गर्न यस्तो प्ररपञ्च रचिएको हो मैले कुनै पनि अनैतिक कार्य गरेको छैन । मैले गल्ति गरेको प्रमाण सहित दिएमा आफु जस्तो सुकै सजाय भोग्न पनि तयार रहेको उनले बताए । 


भीनपाका १९ वडाहरु मध्ये राम्रो काम आफुले गरेको हुनाले मलाई बदनाम गर्ने नियतले यस्तो गरेका हुन् पत्रपत्रिका तथा अनलाईनले समाचार सम्प्रेषण गर्नु भन्दा अगाडि मलाई पनि सोध्नु पर्ने राति सुत्दा सधै फोन बन्द गरे र सुत्ने मैले हिजो कसैले फोन गरेर बुझन खोज्छ भनेर फोन पनि बन्द गरेको थिएनु मेरो चरित्र हत्या गर्ने मनसायले आज पत्रपत्रिका तथा अनलाइनमा खबर आएको देख्दा आफैलाई अचम्म लागेको छ । मेरो चरित्र हत्या गर्दा एक पटक पनि मलाई सोधने प्रयास भएन ।

मेरो विचार भनाई नराखि एकतर्फी खबर आउनु दुखदाय भएको विष्टले आज पत्रकार सम्मेलन गरी बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!