कंचनपुरमा अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Posted on: 08 Sep, 2018

भदौ २३, महेन्द्रनगर | भीमदत्त नगरपालिकामा ३९औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औ अन्तर्रा्ष्ट्रिय साक्षारता दिवसको अवसरमा अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ ।

भीनपाको सामाजिक विकाश समितिका संयोजक तथा अन्तर मावि हाजिरी जवाफ प्रतियोगिताका संयोजक हरक सिह धामीको सभापतित्वमा गरिएको कार्यक्रममा कार्य वाहक नगर प्रमुख भीम बहादुर शाहु प्रमुख अतिथि थिए ।

प्रतियोगितामा रेडियण्ट उमावि.कटानले प्रथम स्थान हासिल गरेको छ । यसै गरी  मर्निङ्ग ग्लोरी जानकीटोल द्वितीय, इन्टरनेसनल मावि भाँसी तृतीय र लिटिल बुद्ध एकेडेमी भगतपुर चौथो भएका छन् ।

प्रतियोगितामा प्रथम द्वितीय, तृतीय र चौथो हुने विद्यालयलाई क्रमशः नगद ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।


कार्यक्रमका प्रमुख अतिथि कार्य वाहक नगर प्रमुख शाहुले विजयी विद्यालयलाई पुरस्कार वितरण गरे । 

भीनपा आधारभूत तथा माध्यमिक शिक्षा शाखाका स्रोत व्यक्ति हरिराज विष्टले सञ्चालन गरेको कार्यक्रममा शिक्षा शाखा प्रमुख ईश्वरी ठगुन्ना, कार्यपालिका सदस्य, प्रशासकीय अधिकृत हरि सिह धामी लगायतका सहभागी भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!