भुपी उपाध्यायको 'खान्छु दारु' सार्वजनिक

Posted on: 11 Aug, 2018

भास्कर के.सी | श्रावण २७, कञ्चनपुर | कञ्चपुरमा पछिल्लो समय निकै ख्याती कमाउन पुगेका भुपी उपाध्यायले फेरी एउटा भिडियो गीतलाई  सार्वजनिक गरेका छन् ।


समाजमा विकृती, विसङ्गती बढदै गएको बेला सुदूर खबरको युटुब च्यानलले खान्छु दारु, खेल्छु जुवातास नामको भिडियो गीत सार्वजनिक गरेको छ ।

समाजमा हुने विभिन्न विकृति र विसङ्गतीलाई व्याङ्ग हान्दै सन्देश मुलक भिडियो ल्याएको हो । यस गीतका निर्माण एन.एस महराले गरेका छन् गायक राहुल के.सी.को स्वरमा रहेको उक्त भिडियोमा नायक भुपी उपाध्याय र नायिका एलिजा शाहीको अभिनय रहेको छ भने छायांकन अमित विकले गरेका छन् ।

यो क्षेत्रको पर्यटयिक स्थल दर्शाउनुको साथै आज समाजमा बढदै गएको विकृति, विसङ्गतीलाई, दारु खाने र जुवातास खेल्नेका विरुद्ध यस भिडियो गीतले केही हद सम्म भएपनि व्यङ्ग हान्ने र यस्ता कुरा बाट टाढा रहन प्रेरण दिने सुदूर खबर डट कम युटुब च्यानलका प्रोडुयसर प्रकाश कलौनीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!