प्राधानाध्यापकले प्रचण्ड, बाबुराम, बैद्य र विप्लवलाई सार्वजनिक रुपमा यसरि गाली गरे

Posted on: 15 May, 2017

जेठ १, कञ्चनपुर । तीन प्रदेशका स्थानीय तहको निर्वाचनको मत परिमाण गणना र अन्य प्रदेशमा चुनावको चटारो चलिरहेका बेला जेठ १ गते अर्थात सोमबार कञ्चनपुरका एक प्राध्यानाध्यापकले माओवादी केन्द्र, क्रान्तिकारी माओवादी, नयाँ शक्ति नेपाल, नेकपा विप्लवको पार्टीलाई गाली गलैच गरेका छन् । 

कञ्चनपुरको प्रभात विद्या नितेकतका प्रअ तथा जनज्योती बहुमुखीका पुर्व अध्यक्ष तथा शेयर होल्डर शंकर दत्त भट्टले तथानाम गाली गलैच गरेका छन् । एमाले निकट भट्टले प्रचण्ड, बाबुराम, बैद्य र विप्लवलाई चोरको संज्ञा दिएका छन् । 

उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत पहिले प्रचण्ड, त्यसपछी बाबुराम, मोहन बैद्य अनि अहिले विप्लवको नाम लिएर आतङ्क मचाउदैछन् । चोरहरु तीनीहरुको पछि लाग्ने महाचोर हुन भनेका छन् ।

सर्वसाधारण नागरिकहरुले राजनीतिक दलहरुलाई सार्वजनिक रुपमा गाली गलैच र आफ्नो आक्र्रोस पोख्नु स्वभाविक हुन्छ, तर उनी एमाले निकट व्यक्ति, एक विद्यालयको प्रअ र अर्को क्याम्पसको जिम्मेबार व्यक्तित्व र शैक्षिक क्षेत्रमा लागेका व्यक्तिले राजनीतिक पार्टीहरुले समाजिक संजालमा विद्वेष फैलाउने तरिकाले घृणित काम गरेको भन्दै टिकाटिप्पणी भएको छ । 


कतिपयले त उनी सार्वजनिक जिम्मेवार भन्दा एमाले कार्यकर्ता भएको संज्ञा दिएका छन्, भने कतिपयले शैक्षिक जगतका व्यक्तिले समाजिक संजालमा फरक विचार राख्ने दललाई तथानाम गालीगलैच गर्नु नहुने प्रतिक्रिया दिएका छन् । माओवादी केन्द्र कञ्चनपुरका युवा नेताहरुले भने, यस्तो घृषित काम बन्द गर्नसमेत सुझाव दिएका छन् । माओवादी केन्द्र कञ्चनपुरका युवा नेता नवराज ऐरले भट्टले पोष्ट गरेको स्टाटसलाई पोष्ट गर्दै भट्टले घटिया राजनीतिक हर्कत गरेको बताएका छन् । 

उनले जिम्मेबार व्यक्तिले मन नपरेको पार्टीले यसरी सार्वजनिक रुपमा गाली गर्न नहुने बताए । आफु कुनै पार्टीमा विचार राख्ने भन्दैमा अरु राजनीतिक दलका नेताहरुलाई सार्वजनिक रुपमा गाली गर्न नहुने उनको सुझाव छ ।

 यस्तै विप्लव माओवादी कञ्चनपुरका अर्का युवा बिरेन्द्र शाहले समेत उनले पोस्ट गरेको स्टाटसमा भट्टले अनैतिक ढङगले माओवादीहरुलाई गाली गरेको भन्दै घृणित, तुच्छ, नालायकपन भएको संज्ञा गरेका छन् । भट्टले यो स्टाटसका कारण प्रचण्ड, बाबुराम, बैद्य र विप्लव निकटका पार्टी र तिनका कार्यकर्ता आक्र्रोसित भएका छन् । 

उनीहरुले आफु पनि पार्टीमा आबद्ध हुँदा कुनै स्वतन्त्रता नरहने भन्दै फरक विचार राख्नेलाई गाली बन्द गर्न समेत आग्रह गरेका छन् । स्वतन्त्र नागरिकहरुले लेखेको भएपनि मान्य हुने भन्दै उनीहरुले जिम्मेबार तहमा बस्ने शैक्षिक क्षेत्रका व्यक्तित्वहरुले यस्तो कार्य घृणित र निन्दनीय भएको बताएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!