माओवादी केन्द्रबाट उम्मेदवार छनोट

Posted on: 27 May, 2017

जेठ १३, कञ्चनपुर | स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेकपा(माओवादी केन्द्र) कञ्चनपुरले उम्मेदवारको टुङ्गो लगाएको छ । 

नौ स्थानीय तह रहेको कञ्चनपुरमा केन्द्रले सात तहका उम्मेदवारको टुङ्गोे लगाएको हो । केन्द्रले भीमदत्तनगरपालिका प्रमुखमा गोपाल रसाइली, वेदकोट नगरपालिका प्रमुखमा मीनराज गिरी, शुक्लाफाँटा नगरपालिका प्रमुखमा लोकेन्द्र ऐरी, पुनर्बास नगरपालिका प्रमुखमा वीरबहादुर थापा, कृष्णपुर नगरपालिका प्रमुखमा जोगराम चौधरी र लालझाडी गाउँपालिका अध्यक्षमा मदनसिंह वडायकलाई उम्मेदवारका रुपमा अघि सारेको छ । 

महाकाली र बेलौरी नगरपालिका तथा बेलडाँडी गाउँपालिकाका उम्मेदवारको टुङ्गो दुई दिनभित्रै लगाइने केन्द्रका केन्द्रीय सदस्य गोपाल रसाइलीले बताउनुभयो । प्रमुख उपप्रमुखको टुङ्गो लागेका स्थानीय तहमा वडाध्यक्ष र सदस्यसमेत छनोट गरिएको उहाँले जानकारी दिनुभयो । उम्मेदवारको टुङ्गो लागेका गाउँपालिका र नगरपालिकामा केन्द्रले घरदैलो कार्यक्रमसमेत सुरु गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!