कन्चनपुरको भिमदत्त नगरपालिकामा एमाले बिजयी

Posted on: 07 Jul, 2017

असार २३, कन्चनपुर । कन्चनपुरको सदमुकाम महेन्द्रनगरस्थित भिदत्त नगरपालिकामा एमालेले बिजयी भएको छ ।

मेयरमा एमालेका सुरेन्द्र विष्ट ११ हजार ८३१ मतले बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पदम बोगटीले ११ हजार ६२७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने कांग्रेसकी सुशीला सिंहले ११ हजार ६६५ मत प्राप्त गरी बिजयी  भएकी छन । कन्चनपुरका ९ स्थानीय तहमध्ये अब पुनर्वास नगरपालिकाको मात्र मतपरिणाम आउन बाँकी छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!