भिमदत्तनगरपालिकाका जनप्रतिनिधीद्वारा सपथ ग्रहण

Posted on: 09 Jul, 2017


असार २५, कञ्चनपुर ।असार १४ गते भएको निर्वाचन बाट चुनिएका सम्पुर्ण मेयर उपमेयर लगायत वडा अध्यक्ष सदस्य सबै विजयी भएका उम्मेदवारलाई भिमदत्तनगरपालिकाको हलमा एक समारोह विच आज सपथ ग्रहण गराउनुको साथै प्रमाण पत्र दिइएको छ । 

नेकपा एमाले बाट मेयरका उम्मेदवार बनेका सुरेन्द्र विष्ट र नेपाली काग्रेस बाट उपमेयर बनेकी शुशिला चन्द सिह लगायत सम्पुर्ण वडाका अध्यक्ष सहित सदस्यहरुले देश र जनताका नाममा सपथ खाएका हुने् ।


उक्त कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा माननिय न्यायधिस प्रकाश ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल, स्थानिय विकास अधिकारी राजेश पौडेल, भिमदत्त नगरपालिकाका कार्यकारी अधिकृत, प्रहरी, शस्त्र प्रहरीका प्रमुख लगायत विभिन्न पार्टीका प्रमुखहरुको उपस्थिीत रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!