एमाले अध्यक्षले बागी उमेदवारलाई सघाएको समर्थन फिर्ता लिए

Posted on: 15 Nov, 2017

कात्तिक २९, कञ्चनपुर । कञ्चनपुर जिल्लाको क्षेत्र नं. १ (ख) मा नेकपा एमालेका राजेन्द्र प्रसाद जोशीलाई बागी उमेदवार दिन सघाउने बेल्डाँडी गाउँ कमिटिका अध्यक्ष लक्ष्मण भाटले आज प्रेस विज्ञप्ती मार्फत आफ्नो सर्मथन फिर्ता लिएको जनाकारी गराएका छन् । 

आफुले पार्टी लाई दवाव दिन बागी उमेदवार लाई सर्मथन गरेको तर पार्टीले उमेदावार अर्को पठाई सकेपछि जोशी लाई दिएको सर्मथन फिर्ता लिएको विज्ञप्तीमा जनाईएको छ । 

जानी नजानी आफु पाटी विपरीत काम गरेको आलोचित हुदै गठवन्धका उमेदवार बिना मगर र कुलविर चौधरीलाई जिताउन आफु र आफ्नो टिम लाग्ने जानकारी गराउनु भयो । आफुहरुले जोशीलाई सहयोग गरे कांग्रेस लाई फाईदा हुने हुदा जोशीलाई समेत गठबन्धन लाई सहयोग गर्न आग्रह गरेका छन् । 

केहि दिनमै बागी उमेदवार जोशीले पनि गठबन्धन लाई सहयोग गर्ने उनको भनाई रहेको छ । जोशीले पनि गठवन्ध लाई सहयोग गर्ने बेल्डाँडीका युवा नेता अक्कल बिष्टले जानकारी गराउनु भयो । 

नेता बिष्टले यस क्षेत्रमा गठवन्धनको बिजय दोब्बर मतले हुने ठोकुवा समेत गर्नु भयो । उनले भने दिवान जि ले यस भन्दा पहिला निर्वाचित भई सकेको हुदा अव पालो बिना मगरको आएको बताए । बासुदेव धामीको सहयोगमा  


यस बिषयमा तपाइको प्रतिक्रिया...!