वागी उम्मेदवारलाई एमालेले पार्टीबाटै निकाल्यो

Posted on: 16 Nov, 2017

कात्तिक ३०, कञ्चनपुर (रासस) | पार्टीको नीतिविपरीत वागी उम्मेदवारी दिने राजेन्द्रप्रसाद जोशीलाई नेकपा(एमाले) कञ्चनपुरले पार्टीबाट निष्काशन गरेको छ । 

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको स्थायी कमिटीको निर्णयविपरीत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ ख प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकाले पार्टीको सम्पूर्ण जिम्मेवारी बर्खास्त गर्दै पार्टीबाट निष्काशन गरिएको एमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङले बताउनुभयो । 

पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य जोशीलाई पार्टी विधानको धारा ४९ (क) को ८ बमोजिम निष्काशन गरिएको उहाँले बताउनुभयो । पटक पटक उम्मेदवारी फिर्ता लिन आह्वान गर्दासमेत नमानेपछि जोशीलाई पार्टीबाटै निष्काशन गरिएको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!