बाम गठबन्धको चुनावी भेला सम्मपन्न

Posted on: 18 Nov, 2017

भास्कर के.सी/मङ्सिर २, महेन्द्रनगर । भी.न.पा.– १५ गोवरैयमा चुनावी भेला सम्मपन्न भएको छ । 

उक्त कार्यक्रममा गठबन्धनका प्रत्यक्ष तर्फका उम्मेदवार डा.दिपक प्रकाश भट्ट, प्रदेश सभाका मान बहादुर सुनार लगायत समानुपातिकका उम्मेदवारहरुलाई बहुमतका साथ विजय गराउन पार्टी पंक्तिका कार्यकर्ताहरुलाई ठोस योजना बनाइ आ–आफनो क्षेत्र बाट निर्वाचनमा होमिन प्रशिक्षणात्मक कार्यक्रम सम्मन्न भयो ।  

भीम दत्त नगर प्रमुख सुरेन्द्र विष्टको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा हामी टुटफुटका कारणले प्रतिक्रियावादीहरुले हामीलाई फुटाउदै राज गरे त्यसको अब अन्त भएको छ । 

अब हामी फुट्दैनौ हामी एक ढिक्का भएर यस क्षेत्र र देशको विकासको लागि अगाडि बढने छौ र छिटै जनताको दुख दुर गरी विकासको ढोका खोल्दै रोजगारी, सुव्यवस्था, र भष्ट्रचारको अन्त गर्ने प्रमुख विष्टले बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा क्षेत्र नं ३–२ का प्रचार प्रसार संयोजक कृष्ण दत्त जोशी (बोक्सर)ले काग्रेसद्वारा यस क्षेत्रमा बाट लामो समय सम्म शासन व्यवस्थाको जिम्मेवार पदमा रहदा समेत यस क्षेत्रको खासै विकास गर्न नसकेको र बाम पन्थी सरकारको छोटो कार्यकालमा पनि थुप्रै जनपक्षिय कामहरु भएको कुरा बताउनु भयो र किन यो देशमा वाम एकता हुनु प¥यो भन्ने कुराको समेत प्रष्ट पार्नु भयो । माओवादी केन्द्र को तर्फ बाट समानुपातिक कि महिला उम्मेदवार कौशल्या ओझाले महिलाको हक, अधिकारका निमित आफु लागी पर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा भि.न.पा १५ का वडा अध्यक्ष भिम साहु, एमालेको जिल्ला कमिटी सदस्य कर्ण बहादुर चन्द, कृषन सिंह घरेडी, हेमलाल न्यौपनो, गंगा प्रसाद खेरल लगायतको उपस्थिती रहेको थियो ।

  





यस बिषयमा तपाइको प्रतिक्रिया...!