महाकाली नदिमा डुबेर तीन बालक वेपत्ता

Posted on: 13 May, 2017


बैशाख ३०, कञ्चनपुर । महाकाली नदीमा डुबेर कञ्चनपुरका तीन बालक वेपत्ता भएका छन् । 

शनिबार विदाका दिन नुहाउन गएका एकै गाउँका तीन बालक वेपत्ता भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीका इन्चार्ज प्रहरी निरीक्षक वीर दत्त पन्तले भीमदत्त नगरपालिका–१४ बनकट्टीका तीन बालक डुबेर वेपत्ता भएको बताए । 

उनका अनुसार १४ बर्षिय कपिल खाती, १५ बर्षिय राहुल उपाध्याय र १४ बर्षिय दिनेश कुँवर वेपत्ता भएका छन् । 

महाकाली नदिको सतह बढेपछि उनीहरु दिउँसो तीन बजेतिर डुबेको प्रहरीले जनाएको छ । स्थानीयहरुले भारतले एक्कासी पानीको ढोकाखोलेपछि सतह बढेकाले नुहाउन लागेका तीनै बालक वेपत्ता भएको बताएका छन् । 

झोलुङ्गे पुलको दक्षिणीतिर नुहाई रहेको अवस्थामा उनीहरु बगेका हुन् ।  वेपत्ता बालकको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । एकै गाउँका तीन बालक वेपत्ता भएपछि घरपरिवार, आफन्त, गाउँले शोकमा डुबेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!