महिला नेतृत्व विकास तालिम सम्पन्न

Posted on: 20 May, 2017


विमल धामी | जेठ ६, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१० भुडामा विहिवार देखि संचालन भएको ३ दिने महिला नेतृत्व विकास तालिम सनिवार सम्पन्न भएको छ ।

साझेदारी विकास परियोजना अन्र्तगत इक्वाल एक्सेस संस्थाको सहयोगमा फुलवारी रेडियो श्रोता समुहले उक्त कार्यक्रम आयोजना गरेको समुहकी सहजकर्ता पुष्पा चौधरीले जानकारी गराउनु भयो । इक्वाल एक्सेस संस्थाको लघुअनुदान प्याकेज मार्फत फुलवारी रेडियो श्रोता समुहका सदस्य लगायत महिला सशक्तिकरण समुहका सदस्यहरुलाई तालिम दिईएको हो ।

सिमा क्षेत्रका महिलाहरु राज्यको पुहुच बाट टाढा रहेकाले महिलाको हक अधिकार सम्वन्धि जानकार कम भएकाले अधिकार सम्पन्न र सशक्त बनाउनका लागि तालिमको माग गरेको सहजकर्ता चौधरीले बताउनु भयो । तालिममा सहभागिहरुले भने यस्तो तालिम हामीले कहिलै पनि नपाएको र यो तालिमले हाम्रा आँखा खोलिएको बताए । समुहकी अध्याक्ष सरस्वती विकले भने ‘यस्ता क्षमता विकासका तालिम हामीले पटक पटक वडा भेलामा माग गर्ने गरको तर बजेट अपुगले आजका मिति सम्म हामीले तालिमनै नपाएको जनाए ।’ अवका दिनमा यस्ता तालिम गराउने अवसर पाए हाम्रो समुदायका सम्पुर्ण महिलालाई सहभागि गराउने कुरा समेत ब्यक्त गरे । यस्तो तालिम आगामी दिनमा पनि दिनु पर्ने सहभागिहरुको भनाई रहेको छ । सहभागिहरुले तालिम अति राम्रो भएको र सिकेका कुरा आफ्नो ब्याक्तिगत जिवनमा लागु गर्ने प्रतिवद्धता समेत गरे ।

सो तालिमका प्रमुख प्रशिक्षक रुपनी चौधरी रहेका थिए । उनले भने “तालिममा अधिकांस जनजाति महिला रहेकाले वहाँहरुलाई तालिम लिन सजिलो होला भनेर उनले बुझ्ने भाषामा तालिम दिएको बताए ।” यो तालिमले वहाँहरुलाई धेरै फाईदा हुने वहाँले दावी गर्नु भयो । यो समुहले फेरी पनि आगामी दिनमा तालिम माग गरे आफुले सके अनुसारको सहयोग गर्ने कुरा समेत जानकारी गराउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!