जुवाखालबाट ११ जना पक्राउ, ५ लाख बढि रकम बरामद

Posted on: 26 Jul, 2017

साउन ११, कञ्चनपुर । मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले एकै खालबाट झण्डै ६ लाख रुपैया सहित ११ जना जुवा खेल्नेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले दिउँसै महेन्द्रनगरको एक घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको बताए । उनका अनुसार जुवाखालबाट ५ लाख ९४ हजार रुपैया समेत बरामद गरिएको छ । 

पक्राउ पर्नेमा डम्बर गिरी, कैलास धामी, पंकज विष्ट, विकास पाण्डे, लोक साउद, शिवदत्त भट्ट, राजेन्द्र भण्डारी, बालकृष्ण भट्ट, दामोदर भट्ट, दिपक मगर र दिपक जोशीलाई पक्राउ गरेको छ । पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा राखिएको छ ।

कञ्चनपुर प्रहरीले उनीलाई कार्बाही प्रकृया अघि बढाएको प्रहरी निरीक्षक रोकायाले बताए । व्यवसायिक रुपमा जुवा खेलेको भन्दै प्रहरीले कडा रुपमा उनीमाथी निगरानी गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!