ट्याक्टरको ठक्करबाट मजदुरको मृत्यु

Posted on: 11 Nov, 2017

भास्कर के.सी/कत्तिक २५, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी–बेलौरी–डोकेबजार सडकखण्ड निर्माणका क्रममा ट्याक्टरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । 

हुलाकी सडकखण्ड अन्तरगत बेलौरी नगरपालिका वडा नं. ७ टेडिया भन्ने स्थानमा बाबा हंससिद्धी शाही कन्स्ट्रक्सन जे.भी. कम्पनीले निर्माण गरिरहेको सडकमा निर्माण सामग्री बोकेको ट्याक्टरलाई पछाडी गर्ने क्रममा त्यही स्थानमा मजदुरी गरिरहेका रुपन्देही जिल्ला देवदह नगरपालिका २ स्थायी घरभएका अन्दाजी ४५ वर्षिय बसन्त ढुंगानाको ट्याक्टरको ठक्करबाट मृत्युभएको प्रहरीले जनाएको छ । 


मृतकको शवलाई पोष्टमार्टमका लागि बेलौरी स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रको शवगृहका राखिएको र परिवारजनको उपस्थितिमा पोष्टमार्टम गरिने जनाईएको छ । 

स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका १ स्थायी घर भएका ट्याक्टर चालक संजिव कार्की र उक्त ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताउनु भयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!