कंचनपुरमा आगो लाग्दा डेढलाख बराबरको क्षती

Posted on: 16 Nov, 2017

भास्कर के.सी | कात्तिक ३०, कञ्चनपुर | भि.न.पा.–१८ गोवरैया स्थित एकता टोलमा रहेको राधा देवी बागचनको परालको कुन्यौमा  आगो लागदा झण्डै डेढ  लाख बराबरको क्षति भएको  छ । परालमा आगो लागे पछि आगो बढदैं जाँदा ३ कोठाको काठको घर जसलाई खरले छाएको समेत जलेर नष्ट भएको छ । उक्त कोठामा रहेको १०  बोरी धान, ५बोरा गहुँ, लुगा, कपडा, खाद्यान्न,काठका फन्टी,  कडी र घरमा राखेको नगद रु.१५०००। समेत आगोले नष्ट गरेको ५५ वर्षीय बागचनले   बताइन ।

एक्कासि आगो लागेको आफुहरुले देखे पछि थाहा पाएको, गाई लाई खुवाउन दाना पाकाएको आगो बाट परालमा सल्लकेको हुन सक्ने बागचनले     बताईन । आगो कसरी लागेको हो यकिन खुल्न सकेको छैन तर भिमदत्त नगरपालिकाको आगो नियन्त्रक दमकल,   प्रहरी र स्थानियको अथक प्रयासले ठुलो क्षति भने हुन  ाएन । झण्डै एक घण्टामा आगो नियन्त्रणमा आएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!