बलात्कारीलाई कडा कारवाहीको माग गर्दै महिलाहरु आन्दोलनमा उत्रिए

Posted on: 20 Feb, 2018

फागुन ८, कञ्चनपुर । भीनपा १ बस्ने महिलाको छाडा गाई गोरु धपाउदै जादाँ महुलिया नजिकै नहरको छेउमा ४२ वर्षका मान बहादुर चौधरी र उनकै सहोदर भाई २६ वर्षका लाहानु चौधरी मादक पदार्थ सेवन गरी माघ २ गते राती करिब ८ बजे तिर जबरजस्ती करणी गरेका थिए ।  


जिल्ला प्रहरी कार्यालयले दुवै अभियुक्तलाई प्रकाउ गरेको थियो । दुवै अभियुक्त फागुन २ गते जनही २५ हजारका दरले धरौटी जम्मा गरी छुटेका थिए । अभियुक्तहरुलाई सजायहुनु पर्नेमा धरौटी रकम लिएर छोडेको भन्दै कञ्चनपुरका अधिरकारकर्मी, सञ्चारकर्मी, राजनितीदलका प्रतिनिधि लगायत स्थानिय महिलाहरुले जिल्ला प्रशासन घेरी नाराबाजी गरी अपराधीलाई सजाय हुनु पर्ने भन्दै ज्ञापन पत्र बुझाईएको छ । साथै आजै निज दुवै अभियुक्तलाई सजाय हुन पर्ने माग गर्दै पुनरावेदन गरिएको छ । 

यस्ता जघन्य अपराधमा पनि अपराधिलाई कारवाई हुनुको साटो यसरी छोडदा अरुको पनि मनोबल बढने हुनाले यस्ता अपराधीलाई कडा भन्दा कडा कारवाही हुनु पर्ने अन्यथा आफुहरु जस्तो सुकै कडा आन्दोलन गर्न पनि पछि नपर्ने राजनीतिकर्मी गंगा कठायतले बताउनु भयो । 

दुवै अभियुक्तले निज पिडित महिलालाई कुरा मिलाएमा २ लाख सम्म दिने, अन्यथा आफुहरुलाई थुनामा राख्ने वा प्रहरी प्रशासनमा गई कारवाही अगाडि बडाएमा ज्यानमार्ने धम्की समेत दिएको पिडित महिलाले बताइन साथै आफुहरु यिनीहरुको डर त्रासका कारण खेती किसानीको लागि पनि आफनो जमिनमा जान नसकेको पनि बताइन ।

मेरो इज्जत फिर्ता हुने भए आफु एक पैसा पनि नलिने अन्यथा आफु माथि भएको अपराधको सजाय पाउनु पर्नेमा जोड दिइन । धर्मा रोकायाको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!