७४ बर्षीय बृद्ध डेढ किलो चरेशसहित पक्राउ

Posted on: 18 Apr, 2018

वैशाख ५, कञ्चनपु (रासस) | लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय महेन्द्रनगरले एक किलो ५०० ग्राम चरेशसहित एक ७४ वर्षीय वृद्धलाई पक्राउ गरेको छ । 

मंगलबार साँझ भीमदत्तनगरपालिका–४ बसपार्क क्षेत्रबाट बझाङ छबिस पाथीभरा गाउँपालिका–४, कडेलका चन्द्रदेव जोशीलाई ब्यूरोको टोलीले चरेशसहित पक्राउ गरेको हो । 

पक्राउ गरेका जोशीलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!