कविता हत्याकाण्डबारे प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाए

Posted on: 18 Sep, 2018

भाष्कर के.सी | आश्विन २, कञ्चनपुर | कञ्चनपुरको महाकाली नदिपारी महाकाली नगरपालिका वडा ७ मा भदौ १३ गते झुण्डिएर मृत्यु भएको भनिएकी वर्ष १६ कि कविता बुढागर (ठगुन्ना)को आफन्त र स्थानिय वासीले उनको मृत्यु आत्महत्या नभई हत्या भएको भनि २० दिन देखि आन्दोलन गर्दै आईरहेका छन् ।  

सोही क्रममा आज मृतकका आफन्त र स्थानिय वासीले कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाई पत्रकार सम्मेलन गरेका छन् । 

घटनाको दिन कुनै मानसिक तनाव नभएको उनले आफ्नो मोबाइलबाट फोन गरेर आफन्तहरुलाई तिजको शुभकामना समेत दिएको आफुले प्रयोग गर्ने श्रृगारको समान समेत र मासु समेत खरिद गरी ल्याएको मासु साईकलको टोकरीमै राखी आत्महत्या गर्न जानु कुनै कारण नदेखिएको नेपाल आदिवासिका जिल्ला अध्यक्ष होम बहादुर थापा मगरले बताउनु भयो ।

छोरा र कविताको माया प्रेम बसेको थाहा पाएपछि केटाका बुवा हरक सिह ठगुन्नाले कविताको घरमा गई पटक पटक धमकाएको हाम्रो जात नमिल्ने हुनाले जवरजस्ती विवाह गरेमा कवितालाई वुहारी नमान्ने र कुनै पनि घटना घट्न सक्ने भन्दै कविताको आमालाई भनेका थिए ।


छोरीलाई ठगुन्ना सँग विवाह नगर्न आमाले मिना बुढाले पटक पटक आग्रह गरेपनि उनले जवरजस्ती १९ वर्षिय विनोद ठगुन्ना सगँ २०७५ बैशाख १० गते घर बाट भागेकि थिइन् । दुवैलाई केटाको बुवाले प्रहरीमा पक्राए पनि समाज र स्थानियको दवावमा वुहारी स्विकार्ने बताएर घर लगेका थिए । 

शरीर भरी निलडाम भएको र कानदेखि खुन आएको छ । १५ गते सदगद गरेको र १५ गतै नै किटानी जाहेरी दिएको हरक सिह ठगुन्ना, सजय बुढाथोकी र तुलसी ठगुन्ना लाई प्रहरीमा नियन्त्रण लिई थप अनुसन्धान भई रहेको छ ।

कविता न्यायीक आन्दोलन संघर्ष समितिका अनुसार प्रहरी नरेन्द्र बहादुर चन्दले दोषीलाई बचाउन खोजेको हुनाले ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक चन्दलाई तत्काल उक्त घट्नाको अनुसन्धानबाट हटाइ नयाँ अनुसन्धान टोली गठन गर्नु पर्ने अन्यथा आफुहरुले महाकाली नगरपालिकामा  ३ गते सिटी जुलुस, ४ गते विद्यार्थीको सहभागितामा र्याली, ५ गते सरकारी कार्यालय बन्द, ६ गते झुलुङ्गे पुल बन्द लगायतका कार्यक्रम गरिने बताएका छन् ।

उनि सगै कक्षा १० सम्म पढेकी १७ वर्षे प्रियंका जैसीले भनिन् हामी धेरै मिलने साथी हौ । पहिले पनि कविताका ससुराले कुनै पनि हालतमा कवितालाई बुहारी नबनाउने र छोराले बुहारी बनाए आफै मारी दिन्छु भनेका थिए । त्यस दिन (१३ गते) पनि हाम्रो भेट भएको थियो पहिले जस्तै कुरा गरेकी थिईन, सासु, ससुराले आफुलाई यातना दिईरहेको बताईन साथै भागेर विवाह नर्गन पनि सल्लाह दिएको जैसीले बताइन । 

प्रहरीले घटनाको छानविनमा कुनै पनि लापरवाही नभएको र पोष्टमार्टम रिपोर्टमा पनि झुणिएर आत्महत्या गरेको रिपोर्ट आएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक चन्दले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!