निर्मला हत्या प्रकरण: हत्याबारे छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

Posted on: 25 Sep, 2018

असोज ९, काठमाडौँ | निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाएको हो ।

अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शङ्कास्पद देखिएर अनुसन्धान अगाडि नबढेपछि गृह मन्त्रालयले भदौ ७ गते मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । 


समितिले यसअघि भदौ ३० गते गृहमन्त्रीसमक्ष प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । प्रारम्भिक प्रतिवेदनमा प्रहरीको भूमिका कमजोर रहेको भेटिएपछि गृह मन्त्रालयले अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरेको थियो । 

समितिले प्रतिवेदनमा घटनाको वस्तुस्थिति, स्थानीयवासीको भनाइ, प्रहरी अनुसन्धानमा भएका कमीकमजोरीलाई समावेश गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!