निर्मला हत्या प्रकरण: थप दुई प्रहरी निलम्बनमा परे

Posted on: 08 Oct, 2018

असोज २२, काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा थप दुई प्रहरी निलम्बनमा परेका छन् ।

निलम्बनमा पर्नेहरुमा प्रहरी नायव निरीक्षक (असई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद रहेका छन् ।

निलम्बनमा परेकी चाँदनीले मृतक निर्मलाको लुगा पखालेकी थिइन् । उनीहरुको गतिविधि शंकास्पद भएकाले निलम्बन गरिएको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए ।

यसअघि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामी निलम्बित  भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!