निर्मला हत्या प्रकरण: निलम्वित एसपी विष्टका छोराद्वारा प्रधानमन्त्रीलाई खूलापत्र

Posted on: 11 Oct, 2018

असोज २५, कंचनपुर | निर्मला हत्या प्रकरणमा मूछिएर निलम्बित भएका एसपी डिल्लीराज विष्टका छोरा किरण विष्टले आफूलाई मानसिक यातना दिएको भन्दै प्रधानमन्त्रीलाई खूला पत्र लेखेका छन् । विष्टले आफू निर्दोष हुँदा-हुँदै पनि काल्पनिक भ्रामक र तथ्यहीन आरोप प्रत्यारोप लगाई बिभिन्न सामाजिक संजालहरुले चरित्र हत्या गरेको गुनाशो गरेका छन् । 

उनले लेखेको गुनाशो पत्रमा बिभिन्न स्थानीय तथा राष्ट्रिय अनलाइन तथा पत्रपत्रिकाले आफूविरुद्ध जनआक्रोश बढ्नेगरी तथ्यहीन, काल्पनिक र भ्रामक समाचार प्रकाशित गरेको उल्लेख गरेका छन् । उनले लेखेको पत्रको बुदा नम्बर २ मा साउन १० गते महेन्द्रनगर स्ठित होटल ओपेरामा फोटोसुट कार्यक्रम रहेको र उक्त कार्यक्रम मोडल एउटा जना सहित जम्मा ५ जना रहेको विवरण समेत जिप्रका कंचनपुरमा पेस गरिएको जनाएका छन् ।  उनले आफ्नो पत्रमा निर्मलालाई पटक-पटक बहिनी भन्दै सम्बोधन गरेका छन् ।

माइकल तुफानले अमेरिकाको पूर्वी तटमा बढी असर गर्ने बताइएको छ । यसको प्रभावको कारण ठूलो पानी पनि पर्ने छ । यो त्यही क्षेत्र हो जुन गत महिना आएको फ्लोरेन्स आँधीले तहसनहस पारेको थियो । राम्रोसँग बौरिन नपाइ फेरि माइकल आँधीले त्यहाँका बासिन्दालाई घरबारविहीन बनाइदिएको छ ।   

हेर्नुहोस् उनले लेखेको खूलापत्रको स्क्रिनसट: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!