निर्मला हत्या प्रकरण: कञ्चनपुरकै एक युवक काठमाडौंबाट पक्राउ

Posted on: 05 Dec, 2018

मंसिर १९, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामाथि अनुसन्धान गरिरहेको टोलीले एक जना शंकास्पद व्यक्तिलाई काठमाडौंबाट प्रकाउ गरेका छन् ।

कञ्चनपुरकै एक युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको स्रोतले बतायो । प्रकाउ पर्ने व्यक्तिको नाम भने नाम गोप्य राखिएको छ । पक्राउ परेका व्यक्ति लागूऔषध दुर्व्यसनी हुन् ।

विभिन्न समितिले घटनामाथि अनुसन्धान गर्ने क्रममा उनलाई पनि शंकास्पदको सूचीमा राखेको थियो । यद्यपि, उनी भारत गएको परिवारले दाबी गरेको थियो ।

तर, पछिल्लो समय उनी काठमाडौंमा देखिएपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको स्रोतको भनाइ छ । उनको डीएनए परीक्षण गरिने प्रहरीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!