कञ्चनपुरको एक विद्यालय परिसरमा वेवारिसे महिलाको शव फेला

Posted on: 05 Feb, 2019

माघ २२, भीमदत्तनगर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ स्थित मङ्गल प्रावि परिसरमा आज बिहान एक महिलाको शव भेटिएको छ । आँखा र पेटमा सामान्य चोट लागेको तर पहिचान हुन नसकेको ४५÷५० वर्षीया महिलाको शव भेटिएको झलारी इलाका प्रहरी कार्यालयले जनाएको छ । 

शव परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक मनोहर चन्दले जानकारी दिनुभयो । सोमबार पनि बेदकोट नगरपालिकाको दैजीमा बेवारिसे शव भेटिएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!