कञ्चनपुरबाट १८ किलो सुनसहित १ जना पक्राउ

Posted on: 14 Feb, 2019

फागुन २, काठमाडौं । कन्चनपुरको पुनर्वास नगरपालिका–२ बाट १८ किलो सुनसहित १ जना पक्राउ परेका छन् ।  केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा, जिल्ला प्रहरी कार्यालय कैलाली र ईप्रका त्रिभुवन वस्तीबाट खटिएको संयुक्त टोलीले १८ किलो सुन बरामद गरेको बताइएको छ । पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन ।


पुनर्वास नगरपालिका–२ स्थित त्रिभुवन बस्तिको एक घरमा लुकाएर राखेको अवस्थामा करिब १८ किलो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) आभुषण तिम्सिनाले जानकारी दिए । घरमा लुकाएर राखेको अवस्थामा १०८ टुक्रा सुनको बिस्कुट फेला परेको घट्नास्थलमा पुगेका प्रहरी नायव उपरिक्षक (डिएसपी) रुगम कुँवरले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!