माइलस्टोन पब्लिक एकेडेमीद्वारा अञ्चल बाल अनाथालयलाई खाद्य समाग्री वितरण

Posted on: 19 Mar, 2019

भाष्कर के.सी | चैत्र ५, कञ्चनपुर | माइलस्टोन पब्लिक एकेडेमी विद्यालयले समाजकल्याण विकास (अञ्चल बाल अनाथालय) लाई मंगलबार चामल, दाल, तेल, कपि, डटपेन र फलफुल वितरण गरेको  छ ।

बाल बालिकालाई र अनाथालयलाई केही सहयोग गर्ने उद्देश्यले हरेक वर्ष विद्यालयले सहयोग गर्दै आईरहेको छ । उक्त कार्यक्रममा विद्यालयका प्रिन्सपल दिर्जराज भट्टले बालअनाथालयले सिफारीस गरेमा अनाथालयका दुई जना विद्यार्थीहरुलाई नर्सरी देखी कक्षा १० सम्म निःशुल्क पढाउने घोषणा गर्नु भयो ।


विद्यालयका प्रिन्सिपल भट्टलगायत कार्यक्रममा उपस्थिीत शिक्षक शिक्षिका र विद्यार्थीले बालअनाथालयका कोषाध्यक्ष लवराज भट्ट  र बाल अनाथालय कार्यालय प्रमुख शंकर ब. चन्दलाई लाई उक्त समाग्री हस्तान्तरण गर्नु भएको थियो । बालअनाथालयमा हाल २२ जना छात्रछात्रा रहेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!