कञ्चनपुरको सामुदायिक वनमा लागेको डढेलो सेनाद्वारा नियन्त्रण

Posted on: 20 Apr, 2019

वैशाख ७, भीमदत्तनगर । सामुदायिक वनमा लागेको डढेलो नेपाली सेनाको टोलीले नियन्त्रण गरेको छ । 

कञ्चनपुरको भीमदत्तनगरपालिका–३ तिलकपुरस्थित आज शहीद स्मृति सामुदायिक वनमा लागेको डढेलो यहाँस्थित नेपाली सेनाको सिंहशार्दूृल गुल्म भगतपुर ब्यारेकको टोलीले नियन्त्रणमा लिएको हो ।

  सिंहशार्दूल गुल्मका निमित्त गुल्मपति सहसेनानी कृष्ण भण्डारीको नेतृत्वमा गएको सैनिक टोलीले डढेलो नियन्त्रणमा लिएको हो । निमित्त गुल्मपति सहसेनानी भण्डारीले सामुदायिक वनमा लागेको डढेलो तीन घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

सैनिक टोलीसँगै सामुदायिक वन पदाधिकारी र स्थानीयवासीसमेत डढेलो नियन्त्रणमा जुटेका थिए । गर्मीबढेसँगै यहाँको राष्ट्रिय निकुञ्ज र सामुदायिक वनमा डढेलो लाग्ने क्रम शुरु भएको छ । केही दिनअघि पनि यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको केही भूभागमा लागेको डढेलो निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको देवी दल गण, मझगाउँ ब्यारेक र निकुञ्ज कर्मचारीले नियन्त्रणमा लिएका थिए ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!