गाईबाँधे, जमरानी, साँदनी सडक पुर्न्निर्माण कार्य सुरु

Posted on: 18 May, 2019

रमेश धामी | जेठ ४, डडेल्धुरा | परशुराम नगरपालिका वडा नं ७, ८ र ९ जोड्ने गाईबाँधे, जमरानी, साँदनी सडक पुर्न्निर्माण कार्य आजबाट सुरु भएको छ । सुदुरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्धारा बिनियोजित २५ लाख बजेटमा काम सुरु गरिएको परशुराम नगरपालिका वडा नं ८ का वडा अध्यक्ष गोबिन्द सिंह बोहराले बताउनुभएको छ ।  

हाल जोगबुडा हुँदै गाईबाँधे जमरानी र सँदनी सडकको संरचना बिग्रिएकाले यात्रामा असहज वातावरण सृजना भै–रहेको छ । सडक खण्डमा यात्रा गर्ने अधिकाँस यात्रुहरुले यात्रामा हैरानी खेप्नु परि रहेकाले सडकको स्तरोन्नती भएपछि सहज हुने भन्दै स्थानीयहरु पनि खुसि भएका छन् । 

अब स्तरोन्नती हुन लागेको सडक ९ मिटर चौडा बनाउने योजनाका साथ सुरु भएको  छ । उपभोक्ता समिती मार्फत मान बहादुर बोहरा अध्यक्ष रहनेगरि ९ सदसीय उपभोक्ता गठन गरि काम सुरु भएको हो । 

साथै सडक क्षेत्रमा पर्ने असहज स्थानहरुमा होमपाईपद्धारा ब्यबस्थापन गरिनुका साथै सडक छेउछाउमा नाली समेत निर्माण गरिने उपभोक्ता समितीका अध्यक्ष मान बहादुर बोहराले बताउनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!