एकता संस्थाद्वारा १ महिने गाडनिङ सञ्चालन

Posted on: 12 Jun, 2019

भास्कर के.सी. | जेठ २९, कञ्चनपुर | कंचनपुरको भीमदत्त नगर पालिका वडा नं २ मा रहेको एकता संस्थाले बगैंचा ब्यवस्थापन (गाडनिङ) सम्बन्धि १ महिने तालिम सञ्चालन गरेको छ । मङ्गलबार संस्थाका उपाध्यक्ष चेतराज भट्टको सभापतित्व र  सिप विकास तालिम केन्द्रका रामेश्वर भट्टको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको छ ।

 उक्त तालिम सिप विकास तालिम केन्द्रको आर्थिक सहयोग र सस्थाको सहकार्यमा सञ्चालन गरिएको संस्थाका कोषाध्यक्ष भीमदत्त भट्टले बताउनुभयो । उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सह सचिव लोक राज भट्टले गर्नु भएको थियो । तालिममा २५ जना महिला प्रशिक्षार्थीको सहभागीता रहेको र गाडनिङ सम्बन्धि बिज्ञ दमन चन्दले प्रशिक्षण दिने कोषाध्यक्ष भट्टले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!