कञ्चनपुरमा कार्यकर्ताको खेत जोगाउन प्रदेश सरकारको ८ लाख बजेट

Posted on: 24 Jun, 2019

असार ९, काठमाडौँ | नेकपा कञ्चनपुरका कार्यकर्ताको खेत जोगाउन प्रदेश सरकारले ८ लाख बजेट खर्च गरेको पाइएको छ | कञ्चनपुरको बेतकोट नगरपालिका वडा नम्वर ७ मा एक जना नेकपाका कार्यकर्ताको खेत जोगाउनका लागि तटबन्धनको नाममा प्रदेश सरकारको ८ लाख खर्च गरिएको भेटिएको हो। नेकपामा आवद्ध स्थानीय पुजा पौडेलको खेत जोगाउनका लागि प्रदेश सभा सदस्य लालवहादुर खड्का प्रदेश पुर्वाधार विकास कार्यक्रम मार्फत ८ लाख खर्च गरिएको हो।

स्थानीय जंगवहादुर सिंहले अन्य स्थानीयको खेतमा कतै पनि तटबन्धन नगरी पौडेलको खेत जोगाउने उद्येश्यले मात्रै सुडा नालामा तटबन्धन गरिएको बताए । ‘पटक–पटक कटान प्रभावित क्षेत्रमा तटबन्धनको योजना कार्यन्वयन गर्न माग गरेपनि आफ्ना लागि मात्रै योजना आएको भन्दै व्यक्तिको खेत जोगाउन ८ लाख खर्च गरिएको छ,’उनले भने, ‘अन्य स्थानीयका खेत सोही तटबन्धनका कारण नालाले बगाउने सम्भावना बढेको छ।’

यता तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्र महतराले भने नेकपाको कार्यकर्ता भएकै कारण तटबन्धन नगरिएको बताए। उनले अहिले ८ लाख मात्रै बजेट भएकाले सो क्षेत्रमा मात्रै तटबन्धन गरिएको जानकारी दिए। प्रदेश सभा सदस्य लालवहादुर खड्काले पनि आगामी बर्षमा बाँकी रहेको क्षेत्रमा तटबन्धनका लागि योजना दिने बताए। उपभोक्ता समितिका सचिव वेतकोट नगरपालिकाका उप मेयर शुशिला सिंहका श्रीमान विरेन्द्र सिंह हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!