कञ्चनपुरको हुलाकी सडक निर्माणमा भारतले रोकलगायो

Posted on: 25 Jun, 2019

असार १०, काठमाडौँ  |  कञ्चनपुरमा  भारतीय एसएसबीले भारतीय भूमीमा सडक निर्माण भइरहेको  भन्दै हुलाकी सडक निर्माणमा रोक लगाएको छ । 

जिल्लाको बेलौरी नगरपालिका क्षेत्रमा पर्ने हुलाकी खण्डको एक हजार दुई सय मिटर सडक निर्माणमा अवरोध सिर्जना गरी रोकलगाएको हुलाकी योजना प्रमुख कार्यालय धनगढीले जानकारी दिएको छ | आफ्नो भूमि भन्दै भारतीय पक्षले सडक निर्माणमा अबरोध  सिर्जना गरेको छ |

सुरक्षा निकायको पहलमा समन्वय भइरहेको र भारतीय पक्षबाट आधिकारीक पत्र आउन भने बाँकी रहेको योजना कार्यालयले जानकारी दिएको छ  | 

सिमा स्तम्भ

सडक योजना कार्यालयका अनुसार भारतीय एसएसबीले निर्माण कम्पनीलाई जेठ अन्तीम सातातीर निर्माण कार्य रोक्न दबाब दिएका थिए । एसएसबीले ठेक्का सम्झौता पाएको बाबाहंस–सिद्धिकीका सञ्चालक चक्र शाहलाई सडक निर्माण रोक्नमा दबाब दिएको योजना कार्यालयले जनाएको छ। उक्त क्षेत्रमा बेस निर्माणको काम सकेर कालोपत्रेको तयारी गरिएको थियो। तर भारतीय पक्षको अवरोधका कारण काम ठप्प भएको ईन्जिनियर पदम बहादुर मडैले बताए। उनले सो विषयमा माथिल्लो निकायमा पनि जानकारी गराइसकेको बताएका छन्। 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुिसल कुमार वैद्यले संयुक्त सीमा सर्भे टोली फर्किसकेकाले एसएसबीलाई अवरोध सिर्जना नगर्न आग्रह गरिएको बताए। तर अवरोध कायमै राखेपछि उक्त विषयमा थप छलफल जारी रहेको प्रमुख जिल्ला अधिकारी वैद्यले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!