निर्मला हत्याका ११ महिनाः हत्यारा अझै प्रहरीको पहुँचबाहिर

Posted on: 27 Jun, 2019

असार १२, कञ्चनपुर ।कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र सबैको ध्यान तानेको सो बलात्कार तथा हत्याकाण्डको रहस्य अझै गर्भमै छ ।

प्रहरीका विभिन्न अलग–अलग टोलीले निरन्तर र गहिरो ढंगले अनुसन्धान गरे पनि निर्मलाको बलात्कार र हत्या कसले गर्यो भन्ने ‘क्लु’ नजिक प्रहरी अहिलेसम्म पुग्न सकेको छैन ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी र प्रहरीको टोलीले सो हत्याकाण्डबारे अनुसन्धान गरिरहेको छ । काठमाडौँबाट प्रहरी उपरिक्षक गणेश चन्दको टोलीले पनि अनुसन्धान गरिहेको छ । यो समाचार आजको नागरिक दैनिकमा दिलबहादुर छत्यालले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!