कञ्चनपुरमा २५ औं विश्व आदिवासी जनजाती दिवसको उपलक्ष्यमा बिरामीलाई फलफुल वितरण

Posted on: 05 Aug, 2019

भास्कर के.सी. | साउन २०, कञ्चनपुर | आदिवाशी जनजाती महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरले २५ औं विश्व आदिवासी जनजाती दिवश  धुमधामका साथ मनाउन लागेको छ । यही क्रममा आज आदिवाशी जनजाती महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरले महाकाली अञ्चल अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण तथा उनीहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छन् । 

फलफुल वितरण गर्दै आदिवाशी जनजाती महासंघ जिल्ला समन्वय परिषदकी अध्यक्ष प्रेमवती रानाले विरामीहरुको सिघ्रस्वाथ्य लाभको कामना गर्नु भएको थियो । यही साउन २४ गते (अगस्त ९)मा हुने आदिवासी दिवशको उपलक्ष्यमा जिल्ला समन्वय परिषदले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । जसको शुरुवात साउन १८ गते बेलौरीमा नगर समिति गठन गरेको छ, १९ गते वेदकोट नगरपालिकामा नगर समिति गठन गरेको छ । २० गते महाकाली अञ्चल अस्पतालमा विरामीलाई फलफुल वितरण गरेको छ । २१ गते वृद्धआश्रम बनखेतमा फलफुल तथा खाद्यान्न वितरण गर्ने भएको छ । २२ गते रक्तदान  २३ गते २५ औं विश्व आदिवासी जनजाती दिवशको तयारी गर्ने र २४ गते वृहत रुपमा आदिवासी जनजाती दिवश मनाउने कार्यक्रम रहेको नेवाःदेपू दवूका केन्द्रिय सदस्य विकास श्रेष्ठले बताउनु भयो ।

उक्त फलफुल वितरण कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द वेदकोट नगरपालिका वडा नं. २ अध्यक्ष नरेश सिह, आदिवाशी जनजाती महासंघ जिल्ला समन्वय परिषदकी अध्यक्ष प्रेमवती राना, नेवाःदेपू दवूका केन्द्रिय सदस्य विकास श्रेष्ठ लगायत आदिवाशी जनजाती संघमा आवद्ध व्यक्तिहरुको सहभागीता रहेको थियो |


यस बिषयमा तपाइको प्रतिक्रिया...!