महाकाली नदीमा पानीको वहाव बढेपछि चारपाङग्रे सवारी साधन आवागमनमा रोक, सतर्क रहन आग्रह

Posted on: 19 Aug, 2019

भदौ २, कंचनपुर | महाकाली नदीमा पानीको वहाव बढेपछि शारदा ब्यारेजमा आवजवाजतमा रोक लगाइएको छ। पहाडी जिल्लामा भएको वर्षापछि नदीमा पानीको सतह बढेपछि आज विहानदेखी चारपाङ्ग्रे सवारी साधनमा रोक लगाईएको स्थानीय प्रशासनले जनाएको छ । 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशिल कुमार वैद्यले नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारीका साधनमा भारतीय पक्षले आवागमनमा रोक लगाएको बताए।

महाकाली नदीमा पानीको बहावले १ लाख क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइदै आएको छ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!