कञ्चनपुरमा हत्या आरोपमा चार जना पक्राउ

Posted on: 29 Nov, 2019

मङ्सिर १३, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका–३ चाँदनीका २२ वर्षीर्यय दीपक पन्तलाई हत्या प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–४ का २० वर्षीय मनिष नाथ, २२ वर्षीय गणेश लुहार, २० वर्षीय रोनी भनिने नवीन सिंह र २२ वर्षीय विनोद बोहरालाई सार्वजनिक गरेको हो । 

अभियुक्त चारै जनाले घटना स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

 पन्तको बिहीबार छिमेकीको मोटरसाइलमा बुवा बिशनदत्त पन्तसँग आउँदै गरेका बेला भीमदत्त नगरपालिका–४ गोवरियास्थित सडकमा चारै जनाले दीपकसँग विवाद गरी कुटपिटसँगै चक्कु प्रहार गरेका थिए । उहाँको उपचारका क्रममा दीपकको भएको थियो । प्रहरीले घटनामा प्रयोग भएको चक्कु एक थान, से१प ३७७८ नंको मोटरसाइकल र म३प १०७० नंको स्कुटी बरामद गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!