कञ्चनपुरको भीमदत्तमा सडेको अवस्थामा एक पुरुषको वेवारिसे शव फेला

Posted on: 01 Dec, 2019


भाष्कर के.सी. | मंसिर १५, कञ्चनपुर | शनिबार कञ्चनपुरको भीमदत्त नगरपालिका -३ तुमडी खोलामा बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ |  पुरुषको शव सडेको अवस्थमा भेटिएको हो | टाउको रसीले झुण्डाएको छ भने टाउको भन्दा शरीरअलि पर देखिन्छ |

भीनपा ३ का वडा अध्यक्ष रामबहादुर जफ्रेलका अनुसार हत्या वा आत्महत्या अहिले भन्न नसकिने, पोष्टमार्टमको रिपोर्ट र प्रहरीको अनुसन्धान पछि मात्र सत्य तथ्य खुल्ने बताउनु भयो ।  लास १, ढेड महिना अघिको हुन सक्छ, स्याल वा सुगँरले तानेर पनि लास अलग–अलग बनाएको हुन सक्ने अनुमान गरिएको बताउनु भयो ।  

मृतकले रातो जुता र निलो पाइन्ट लगाएका छन, अहिले सम्म कुनै पनि परिचय खुल्न सकेको छैन् भने घटनाको विस्तृत विवरण आउन बाँकि छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!