कञ्चनपुरमा सशस्त्र प्रहरी बलका एक जना सहायक हवल्द्धारको मृत्यु

Posted on: 04 Dec, 2019

मंसिर १८, कंचनपुर | कन्चनपुरमा सशस्त्र प्रहरी बल झलारीमा कार्यरत एक जना सहायक हवल्द्धारको मृत्यु भएको छ | नेपाल नम्बर ३५ शैलेश्वरी गण झलारीमा सशस्त्र प्रहरी सहायक हवल्द्धार रविन्द्र नाथको मृत्यु भएको हो |

जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ घर भएका ३५ वर्षीय  नाथको मंगलबार राति सेति प्रदेशिक अस्पतालमा मृत्यु भएको जनाइएको छ |

१६ गते विदामा घर गएका उनको के कारणले मृत्यु भयो भन्ने बारे खुल्न नसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ शैलेश्वरी गण झलारीका सशस्त्र प्रहरी उपरिक्षक विर सिंह साउंदले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!