कञ्चनपुरमा एक युवक मृत फेला

Posted on: 18 Dec, 2019

पुस २, कञ्चनपुर | कञ्चनपुरको बेलौरीका एक युवक मृत फेला परेका छन् |  ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरिक्षक रणबहादुर चन्दका अनुसार बेलौरी नगरपालिका वडा नम्बर ८ का २३ वर्षीय युवक दिनेश चौधरी मृत अवस्थामा फेला परेका हुन् |

उनी वडा नम्बर ६ को नकैया नालामा फेला परेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ | प्रहरीका अनुसार चौधरी मंसिर २९ गते खजुरिया जान्छु भनी घरबाट हिडेका थिए |

शव परिक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा राखिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!