मदिरा सेवन गरेर हो-हल्ला गर्ने मेयर र युवती डान्स बारबाट पक्राउ

Posted on: 30 Dec, 2019

पुस १४, कञ्चनपुर | कञ्चनपुरको महेन्द्रनगरबाट मेयर र युवती पक्राउ परेका छन् | महेन्द्रनगर बजारमा रहेको ब्लू डान्सबारबाट दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीलाई पक्राउ गरिएको हो |

मदिरा सेवन गरेर मध्यरातमा  युवती सहित  हो-हल्ला गरेको आरोपमा धामीलाई पक्राउ गरेर सम्झाई बुझाई छोडिएको प्रहरीले जनाएको छ | डान्सबारमा विवादको खबर पछि प्रहरी टोली त्यहाँ पुगेको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले बताए |

उन्ला अनुसार मदिरा सेवन गरेर होहल्ला एवं शान्ति सुरक्षामा खलल पु¥याउने गतिबिधीमा संलग्न भएका मेयर धामी सहितको समुहलाई सम्झाईबुझाई छोडिएको हो |  ‘उहाँलाई हामीले पक्राउ गरेको होईन्’,  प्रवक्ता चन्दले भने, ‘मदिरा सेवन गरेर विवाद गरेपछि सम्झाई बुझाई गरेका हौँ।’

प्रहरीले मेयरलाई कुनै कारबाही भने गरेको छैन |  कञ्चनपुरको भीमदत्त नगरपालिका स्थायी घर भएका धामी नेपाली कांग्रेसबाट दार्चुलाको शैल्य शिखर नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!