कञ्चनपुरमा बसको टक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on: 13 Feb, 2020

फागुन १, कञ्चनपुर | कञ्चनपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ |

बेलौरीबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ८७१९ नम्बरको बस र म१प १७६४ नम्बरको मोटरसाइकल ठोक्किँदा ४५ वर्षीय  मोटरसाइकल चालक पदम चौधरीको मृत्यु भएको हो | बिहिबार बिहान लालझाडी गाउँपालिका– ६ चान्देव बजार नजिककै दुर्घटना भएको हो | ढक्का शिविर बस्ने चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ |

बस र बसचालक लक्ष्मण सापकोटालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!