समाज | कन्चनपुर - KNC


कन्चनपुर जिल्ला अदालतको फैसलापछि फरार ७९ पक्राउ

Posted on February 11, 2021 | views : 1240 | कन्चनपुर - KNC

माघ २९, कन्चनपुर। विभिन्न अपराधमा अदालतबाट कैद सजायपछि फरार रहेका ७९ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अदालतबाट दोषी ठहर भई कारवाहीको दायराबाट भागेका ७९ महिला तथा पुरुष अभियुक्तलाई चालु आर्थिक वर्षको माघ महिनासम्म पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा चोरी मुद्द

Read More

कञ्चनपुरमा चरेशसहित दुई जना पक्राउ

Posted on February 01, 2021 | views : 1300 | कन्चनपुर - KNC

माघ १९, कञ्चनपुर । कञ्चनपुरमा चरेशसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेदकोट नगरपालिका–९ का सुरेन्द्रराम लुहार र गोपाल चन्द रहेका छन् ।  पक्राउ परेकामध्ये सुरेन्द्ररामबाट तीन दशमलव १८० मिलिग्राम र गोपालबाट १० दशमलव ८६० मिलिग्राम चरेश बरामद गरिएको छ । चरेशको कारोवार भइरहेको

Read More

नक्कली नेपाली नोटसहित दुई पक्राउ

Posted on January 31, 2021 | views : 1175 | कन्चनपुर - KNC

माघ १८, कंचनपुर | सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली  नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्

Read More

कंचनपुरमा राँगोले हान्दा वृद्धको मृत्यु

Posted on January 28, 2021 | views : 1785 | कन्चनपुर - KNC

माघ १५, कंचनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ । गए राति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थाप

Read More

सीमामा निरन्तर किचलो : ढलेका स्तम्भ अलपत्र

Posted on January 17, 2021 | views : 1798 | कन्चनपुर - KNC

माघ ४, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीस्थित महाकाली नदीको बगरमा मुख्य सीमास्तम्भ नंं ८१३ बाढीले ढलेको आधा दशक भयो । नेपाल–भारत मुख्य सीमास्तम्भ नं ८१३ विगत छ वर्षदेखि महाकालीको बगरमा अलपत्र अवस्थामा रहँदा त्यसको पुनःनिर्माणमा सरोकारवाला निकायको ध्यान नपुगेको स्थानीयवासीको गुना

Read More

कञ्चनपुरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

Posted on January 15, 2021 | views : 1289 | कन्चनपुर - KNC

माघ २, महेन्द्रनगर (रासस) । गए राति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत यहाँको कृष्णपुर नगरपालिका–५ आम्खैयामा दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनामा परी से

Read More

सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका उजूरी बढ्दै

Posted on December 25, 2020 | views : 1483 | कन्चनपुर - KNC

पुस १०, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा स्थानीय तहमा भ्रष्टाचार भएका उजूरी बढिरहेका छन् । पछिल्लो समय यहाँका स्थानीय तहमा भ्रष्टाचार बढिरहेका उजूरी आउनेक्रम बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ ।  चालू आर्थिक वर्षको पहिलो चौमासिकमा अख्तियारमा ४३२ उजुरी दर्ता भएका छन् ।&

Read More

भारततर्फ लैजाँदै गरेका दुई युवतीको उद्धार

Posted on December 25, 2020 | views : 1448 | कन्चनपुर - KNC

पुस १०, कञ्चनपुर । भारततर्फ लैजाँदै गरेका दुई युवतीको सशस्त्र प्रहरीले गए राति उद्धार गरी शान्ति पुनःस्थापना केन्द्र त्रिनगर कैलालीमा बुझाएको छ ।  बोर्डर आउटपोष्ट डोकेबजार र बोर्डर आउट पोष्ट आपतालबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेका वेदकोट नगरपालिका–१ हात्तिथ

Read More

घरवारविहीन परिवारले घर पाउँदा...

Posted on December 16, 2020 | views : 1327 | कन्चनपुर - KNC

 पुस १, कञ्चनपुर । झुपडीमा बस्दै आएका बेदकोट नगरपालिका–५ धर्मपुरका गङ्गा मगर निकै खुशी देखिनुहुन्छ । झुपडीबाट पक्की घरमा सर्न पाउने भएपछि उहाँको खुशीको सिमानै छैन । ज्याला मजदूरी गरेर ल्याएको पैसाले परिवारको खाना खर्च जुटाउन मुस्किल हुने परिवारका मगरले पक्की घरमा बस्न पाउने कल्पनासमेत गर्नु भएक

Read More

कञ्चनपुरमा साक्षर जिल्ला घोषणा अभियान अलपत्र

Posted on December 15, 2020 | views : 1211 | कन्चनपुर - KNC

मङ्सिर ३०, कञ्चनपुर । कोरोना महामारीका कारण कञ्चनपुरमा साक्षर जिल्ला घोषणा अभियानका कार्यक्रमहरु अगाडि बढ्न सकेका छैनन् । गत वर्ष नै साक्षर जिल्ला घोषणाका लागि गरिएको तयारी अन्तिम समयमा आएर कोरोनाका कारण रोकिएको हो ।  यस वर्ष पनि कञ्चनपुरलाई साक्षर जिल्ला घोषणा गर्न शिक्षा विकास तथा समन्वय एकाइ

Read More

शुक्लाफाँटामा सञ्चालित विद्यालय १० दिनका लागि बन्द

Posted on December 10, 2020 | views : 1568 | कन्चनपुर - KNC

मङ्सिर २५, कञ्चनपुर (रासस) । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि शुक्लाफाँटा नगरपालिकामा सञ्चालित विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले मङ्सिर २५ गतेदेखि पुस ५ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।  लामो समयदेखि बन

Read More

तरकारी खेतीले किसानको मुहार फेरिँदै

Posted on December 06, 2020 | views : 1731 | कन्चनपुर - KNC

 राजेन्द्रप्रसाद पनेरु, मङ्सिर २१, कञ्चनपुर (रासस) । बेलडाँडी गाउँपालिका–३ बैबाहाका रामलाल चौधरी गाउँमा सबै भन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचित हुनुहुन्छ । तरकारीखेतीले उहाँलाई गाउँमै सबै भन्दा बढी आम्दानी गर्ने व्यक्तिका रुपमा चिनाएको छ । उहाँ विवाह हुनुअघि खेतमा अरु किसानझै खेतबारीमा

Read More

फेसबुकबाट सुरु भएको मायाले घर न घाटको बनायो

Posted on December 04, 2020 | views : 1352 | कन्चनपुर - KNC

मंसिर १९, कंचनपुर | फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका-४ की ताराले कहिल्यै पनि सोचेकी थिएन । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उनले गरेकी थिनन् | डडेल्धुराको परशुराम नगरपालिका ग्वानीक

Read More

नेपाली सेनाको सैन्य दर्जाको परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थी पक्राउ

Posted on November 30, 2020 | views : 1392 | कन्चनपुर - KNC

मङ्सिर १५, कञ्चनपुर । नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ स्थित कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षामा सहभागी हुन खोज्ने नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्

Read More

कञ्चनपुरमा ट्रकले ठक्कर दिँदा प्रहरी हबल्दारको घटनास्थलमै मृत्यु

Posted on November 29, 2020 | views : 1458 | कन्चनपुर - KNC

मङ्सिर १४, कञ्चनपुर (रासस)  । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुर नजीक ट्रकले ठक्कर दिँदा मोटरसाइकल सवार प्रहरी हबल्दार करीब ३६ वर्षीय रामबहादुर बिष्टको आज घटनास्थलमै मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको से१क १४०६ नंको ट्रकले विपरीत दिशाबाट

Read More

ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

Posted on November 29, 2020 | views : 1376 | कन्चनपुर - KNC

मंसिर १४, धनगढी | कञ्चनपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार रामबहादुर बिष्टको मृत्यु भएको छ | जिल्लाको बेदकोट नगरपालिका–१ स्थित चम्फापुरमा  झलारीस्थित घरबाट प्रहरी चौकी दोधाराचादँनी झोलुङ्गे पुल जाने क्रममा ट्रकले ठक्कर दिंदा उनको घटना स्थलमै मृत्यु भएको

Read More

आफ्नै घरको छतबाट खसेर एकको मृत्यु

Posted on November 29, 2020 | views : 2329 | कन्चनपुर - KNC

मंसिर १४, काठमाडौँ | कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियामा शनिबार राति आफ्नै घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ । ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ । छतबाट खसेर ओझा गम्भीर घाइते भएका थिए । घाइते ओझाको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको

Read More

कन्चनपुरमा एक पुरूष मृत फेला

Posted on November 27, 2020 | views : 1180 | कन्चनपुर - KNC

मंसिर १२, कंचनपुर | कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन् | शुक्रबार बिहान ७ बजेतिर भीमदत्त नगरपालिका वडा नम्वर ४ स्थित भानु प्यालेस पार्टी नजिकै अन्दाजी २८ वर्षिय पुरुष मृत फेला परेका हुन् | उनी घाँटीमा टेलिफोन तार बेरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्ष

Read More

कञ्चनपुरमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते

Posted on November 22, 2020 | views : 1114 | कन्चनपुर - KNC

मङ्सिर ७, महेन्द्रनगर (रासस) । गए राति कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से१त ९५३३ नम्बरको ट्र्याक्टरले म१प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रमम

Read More

लठौवा नाच जगेर्ना गर्दै नौखरीका थारु युवा

Posted on November 17, 2020 | views : 1330 | कन्चनपुर - KNC

मङ्सिर २, कञ्चनपुर | लोप हुने सङ्घारमा पुगेको लठौवा नाच जोगाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरीका थारु युवाहरु जुटेका छन । डौना वेवरी लठौवा नाच टोली गठन गरी युवाहरु यो नाच जगेर्नामा लागेका हुन् । युवाहरुले नाच जोगाउनका लागि १२ जनाको टोली बनाएका छन । “थारु समुदायको दशैँ, तिहार, माघीलगा

Read More

सीमा नाकाबाटै नेपालीलाई भारतीयले फिर्ता पठाए

Posted on November 15, 2020 | views : 1294 | कन्चनपुर - KNC

कात्तिक ३०, कञ्चनपुर | पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै जाने यात्रुलाई शनिबार भारतीय पक्षले सीमानाकाबाट फिर्ता पठाएको छ । भारतीय सीमा सुरक्षा बलका जवानहरुले मजदुरी गर्न जाने नेपालीहरुलाई सीमा नाकाबाटै फिर्ता पठाएको हो ।  यसअघि आधार कार्डका आधारमा नेपाली सीमा नाका हुँदै भारततर्फ जाँदै आएका थिए

Read More

नदीजन्य पदार्थ उत्खननलाई व्यवस्थित बनाउन योजना

Posted on November 11, 2020 | views : 1249 | कन्चनपुर - KNC

कात्तिक २६, कञ्चनपुर । महाकाली नदीको तल्लो जलाधार क्षेत्रमा नदीजन्य पदार्थ उत्खननको कार्यलाई व्यवस्थित बनाउनका लागि योजना बनाइएको छ । नदीजन्य पदार्थ उत्खननका लागि भीमदत्त नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गरेको छ । नदीजन्य पदार्थ उत्खनन गर्दा वातावरणीय प्रभावलाई न्यूनीकरण गरी उत्खनन गर

Read More

कन्चनपुरमा प्रहरीको ब्यूरोमा कार्यरत प्रहरी हौँ भन्दै लुटपाट गर्ने तीन जना पक्राउ

Posted on November 09, 2020 | views : 1134 | कन्चनपुर - KNC

कात्तिक २४, महेन्द्रनगर (रासस) । प्रहरीको ब्यूरोमा कार्यरत प्रहरी हौँ भन्दै पेस्तोल देखाएर लुटपाट गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी लुटपाटमा संलग्न बेदकोट नगरपालिका–१ का २८ वर्षीय केदार विष्ट, बेदकोट–२ का २

Read More

मझगाउँ विमानस्थलका लागि बजेट जुटाइँदै

Posted on November 06, 2020 | views : 1207 | कन्चनपुर - KNC

कात्तिक २१, कञ्चनपुर (रासस) ।  कञ्चनपुरको मझगाउँ विमानस्थलका पूर्वाधार निर्माण शुरु गर्न बजेट जुटाउने कार्यलाई अगाडि बढाइएको छ । नागरिक उड्डयन प्राधिकरण आगामी फागुनदेखि विमानस्थलको पूर्वाधार निर्माणका लागि बजेट जुटाउने कार्यमा लागेको छ । विमानस्थल सञ्चालनमा ल्याउन कञ्चनपुरका प्रदेशसभा सदस्यहरुल

Read More

पश्चिमी सीमामा तालीम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन

Posted on November 05, 2020 | views : 1102 | कन्चनपुर - KNC

कार्त्तिक २०, कञ्चनपुर । आपराधिक क्रियाकलाप रोक्नका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमा नाकामा विशेष तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरेको छ । तिहारलगायत चाडपर्वका बेला सीमा क्षेत्रमा हुने लागुऔषध, विष्फोटक पदार्थ, अवैध हतियारको ओसारपसारलाई रोक्न कुकुरसहितको प्रहरीको टोली परिचालन गरिए

Read More

भारतीय जङ्गलमा नेपाली महिलाको शव फेला

Posted on November 03, 2020 | views : 1092 | कन्चनपुर - KNC

कार्त्तिक १८, महेन्द्रनगर । कञ्चनपुरको पुनर्बास नगरपालिका नजीक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ  । मृतकसित भेटिएको कागजातका आधारमा उनी ५५ वर्षीया नुरदेवी कठायत हुन् ।  “महिलाको परिवारसित सम्पर्क हुन सकेको छैन”, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्र

Read More

टाउकोमा बन्चरोले हानेर आमाको हत्या

Posted on October 25, 2020 | views : 2608 | कन्चनपुर - KNC

कात्तिक ९, कञ्चनपुर | घरायसी विवादमा पुनर्वास नगरपालिका –३  सुकुम्बासी बस्तीकी  महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन् । साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले हत्या गरेको आरोप लगाइएको छ  । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थाप

Read More

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

Posted on October 24, 2020 | views : 1481 | कन्चनपुर - KNC

कात्तिक ८, महेन्द्रनगर | सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कैलालीका सबैभन्दा बढी १० जना रहेका छन् । यस्तै बझाङ, अछाम र बाजुरामा दुई÷दुई तथा कञ्चनपुर, डोटी, दार्चुला र डडेल्धुरामा

Read More