महेन्द्रनगरमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु

Posted on: 16 Jan, 2018

माघ २, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । 

मंगलबारदेखि कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भीमदत्त नगरपालिका–४ कभर्डहलमा ब्याडमिन्टन प्रतियोगिता संचालन भएको हो । 

प्रतियोगिताको नेपाल ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजी बाबु श्रेष्ठले उद्घाटन गर्दै नेपालमा ब्याडमिन्टन खेलको विकास भईरहेको बताए । 

उनका अनुसार पछिल्ला बर्षहरुमा कञ्चनपुर लगायत देशका विभिन्न स्थानबाट ब्याडमिन्टनका खेलाडी उत्पादन भएको बताए । कञ्चनपुरले समेत ब्याडमिन्टन क्षेत्रमा राम्रा राम्रा खेलाडी उत्पादन गरेको बताउदै अध्यक्ष श्रेष्ठले प्रतियोगिताबाट ब्याडमिन्टन खेलको विकास हुनेमा आशा व्यक्त गरे । 

 कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका बरिष्ठ उपाध्यक्ष दिपेन्द्र भण्डारीले प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागिय टिमको सहभागिता भएको बताए । उनका अनुसार  विकास क्षेत्रबाट ५ टिम र नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरि ८ टिमको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा संघले ब्याडमिन्टन खेलाडी दिपेश धामी र क्षेत्रझाँङ्ग नारायण खत्रीलाई नगदका साथै सम्मान गरिएको छ । 

 कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष लक्ष्मी दत्त पाण्डेयले पहिलो पटक हुन लागेको राष्ट्रिय प्रतियोगिताले यस क्षेत्रको आर्थिक, समाजिक र पर्यटकिय क्षेत्रको विकास हुने बताए । माघ ६ गते सम्म संचालन हुने प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै २१ लाख खर्च हुने अनुमान गरिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!