राष्ट्रिय महिला फुटबलका लागि कञ्चनपुरको टिमको विदाई

Posted on: 12 Jul, 2018

विकास सिंह महता | असार २८, कञ्चनपुर | कञ्चनपुर जिल्ला फुटबल संघले महेन्द्रनगरमा राष्ट्रिय महिला फुटबल खेलको लागि महिला टिमको बिहीवार बिदाई गरेको  छ । 

अखिल नेपाल फुटबल संघको आयोजनामा रौतहटमा हुन लागेको उपराष्ट्रपति महिला  राष्ट्रिय फुटबल प्रतियोगिता २०७५ को लागि कञ्चनपुरको महिला टिम सहभागिताका  लागि२४ जना खेलाडी बाट  १६ सदस्य टिम छनौट गरिएको थियो । उक्त टिममा पुनम फरसवान, प्रियका राना, सुषमा शाही, शोभा क्षेत्री, मनिषा ओखेडा, प्रकृति भट्ट, पुष्पा पाण्डेय, पुजा पातली, निकिता  क्षेत्री, भावना पातली, पवित्रा दमाई, निलम सिंह, कान्ती पातली, विमला नेगी, कोपिला खड्का, हेमा भट्ट, र टिम व्यवस्थापक  कञ्चनपुर जिल्ला फुटबल संघका सदस्य नितेश रावल , टिम सहयोगी पुजा ओड  र एन्फा प्रशिक्षक पुष्कर शाहीको नेतृत्वमा महिला फुटबल टोलिको कञ्चनपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठले ,महासचिव रमेश चन्द, सदस्य पदम चन्द लगायतले उत्साहका साथ बिधाई गर्नुका  साथै  असार २८ गते बिहीवार रौतहट प्रस्थान गरेको छ ।

असार २७ गते भएको रौतहट र बारा विचको खेलमा रौतहटले बारा लाई ४–० गोल अन्तरले हराउदै विजयी भएको छ । उक्त विजय टोली संग कञ्चनपुरले  पहिलो खेल असार ३० गते खेल्ने छ । 


कञ्चनपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठले खेलाडीहरु लाई आफ्नो क्षेत्रको पहिचान संगै अग्रिम जितको शुभकामना संगै टिम क्याप्टेन पुनम परसवान लाई क्याप्टेन बेन्ड हस्तान्तरण संग जितको शुभकामना दिएका छन । उनले खेल क्षेत्रको लागि आफू सधै अग्रसर रहने बताए । संघका महासचिव रमेश चन्दको विशेष पहलमा र कोरियामा रहनु  भएका लाल साउँद र   सुरेश चौखेल लगायत साथीहरुको सहयोगमा २५ हजार  आर्थिक सहयोगमा भएको छ । खेल पोशाकमा ड्रेस , मोजा, प्याड र किपरको लागि गलप्स उपलब्ध गराएको बताएका छन् । 

उनका अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको  विशेष पहलमा र संघको सहयोगमा टिम तय गरेको र खेलाडीहरुलाई उत्साहका साथ खेल खेल्ने र प्रयत्न अनुसारको फलको आशा गरेको र खेलाडीहरु का  प्रोत्साहन  खेल जगतमा सधै यसरी नै रहने पनि बताउनुका साथै अग्रिम जितका लागि शुभकामना दिएका छन।

राष्ट्रिय प्रतियोगितामा सातवटै प्रदेशका जम्मा २६ जिल्लाका टिमहरुको सहभागिता रहेको छ र कञ्चनपुर ४५ जिल्ला मध्य २६ भित्र पर्न सफल भएको हो भने प्रदेश नं. ७ बाट कञ्चनपुर र कैलालीको गरि दुई जिल्लाको सहभागिता  रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!