म्याराथुन प्रतियोगिताको उद्घाटन

Posted on: 30 Dec, 2018

 पुस १५, कंचनपुर  (रासस) |  ‘भीमदत्त समृद्धिको आधार, पर्यटन शिक्षा, कृषि र व्यापार’ भन्ने नारासहित आज भीमदत्त नगरपालिकामा जैविक मार्ग धार्मिक पर्यटन म्याराथुन प्रतियोगिताको उद्घाटन गरिएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं सांसद घनश्याम भुसालले रिवन काटेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । म्याराथुन धावक कीर्तिमानी खेलाडी बैकुण्ठ मानन्धरको उपस्थितिमा प्रतियोगिता उद्घाटन गरिएको छ । 

म्याराथन मार्चमा एक हजार ३४७ जना खेलाडीले सहभागिता जनाएका छन् । सबैभन्दा बढीले हाफ म्याराथन खुला पुरुष दौड प्रतियोगितामा भाग लिएका छन् । एक्काइस किलोमिटर दूरीको सो दौडमा ७१३ प्रतिस्पर्धी सहभागी छन् । 

हाफ म्याराथनपछि ४६६ छात्रछात्राले दौडमा सहभागिता जनाएका छन् । यसमा छात्र १९७ र छात्रा २६९ छन् । छात्रछात्राको दौड पाँच किलामिटर रहेको छ । महिला खुला १० किलोमिटर दौड प्रतियोगितामा १६९ जना प्रतिस्पर्धी सहभागी छन् । 

कार्यक्रममा कञ्चनपुर क्षेत्र नं ३ का सांसद डा दीपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलसहित प्रदेश सांसद, राजनीतिक दलका नेता, सरकारी अधिकारी, जनप्रतिनिधि, खेलाडी र स्थानीयवासी सहभागी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!