कपिलबस्तुका खरभुजा व्यापारीको गुनासो- 'कृषि कार्यलयका हाकिमले नाम मात्र टिपेर लिन्छन'

Posted on: 13 May, 2017


माधव बेल्वासे/बैशाख ३०, कपिलवस्तु । कपिलवस्तुको वहादुरगंज कृष्णनगर सडकखण्ड अन्तरगत सुरहि खोला नजिकै सानो झुपडि वनाएर व्यापार गर्छन रामु केवट । जिल्लाको पथ्थरदेहिया वस्दै आएका केवट करिव २० किलोमिटर टाढा गई व्यापार गर्ने गर्दछन । 

गर्मि मौसम सुरुवात भएसगैं केवटको दैनिकि यसरि नै वितिरहेको हुन्छ । उनले ३५ सयमा एक विघा जग्गा भाडामा लिएका छन । प्रति विघा ६ क्वन्टल खरभुजा उत्पादन गर्ने गरेको केवट बताउछन ।

राजमार्गको छेउमा व्यापार गर्दा दैनिकि ४ सय देखि ५ सय सम्मको कमाइ हुने गरेको उनले वताए । खेतमा मल, औषधि लगाएतका सामाग्रि जाहो त्यहि पैसावाट गर्ने गरेको उनले वताए । 

गर्मी समयमा आवात जावत गर्ने मानिसहरुले त्यहावाट खरभुजा किन्ने गर्दछन । 

गर्मी समयमा वाहेक अन्य समयमा केवट मजदुरि गर्न जाने गर्दछन । मङसिर महिनामा खरभुजाको विया रोपि वैसाख महिनामा खरभुजा तयार हुने भएकोले गर्मिको तिन महिना खरभुजाको व्यापार गर्ने केवटको भनाई छ । आफुले कमाएको पैसाले आफ्नो परिवार पाल्न र व्यावसाय गर्न ग्राहो भएको दुखेसो पोखे ।

नेपाल कृषि प्रधान देश भनेर चिनिए पनि खरभुजा लगाएतका विउ भारत वाट लिने गरेको उनले वताए । केवटले भने “नेपालमा खरभुजाको बिया कहा पाईन्छ कहा भारत नजिकै पर्छ उतैवाट ल्याउछौ”।

नेपाल सरकारले किसानको लागि केहि काम नगरेको अर्का खरभुजा व्यापारि रामेश्व केवटले आरोप लगाए । सरकारले किसानको लागि धेरै काम गरेको छ भन्ने समाचार सुनिएपनि त्यो लागु नभएको उनको भनाई रहेको छ । 

रामेश्वर भन्छन “खै आज सम्म एउटा विया, मल, औषधि केहि पाइएको छैन, आफै कमाउने त्यहि लगानि लगाउने गरेका छौ । जिल्ला कृषि कार्यलयवाट आएका हाकिमले नाम मात्र टिपेर लाने गरेको उनिहरुको भनाई रहेको छ ।


   


यस बिषयमा तपाइको प्रतिक्रिया...!